२ कार्तिक २०८३, सोमबार

एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार

24.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशको पहिलो पार्टी बन्ने उद्घोष गरेका छन् ।

एपीवान टेलिभिजनलाई शनिबार राति विशेष अन्तरवार्ता दिँदै अध्यक्ष ओलीले प्रदेश नम्बर २ को चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने उद्घोष पनि गरे । मंसिरपछि एमालेले बहुमतको सरकार बनाउने ओलीको दाबी छ ।

अध्यक्ष ओलीले मंसिरपछि सातैवटा प्रदेशमा एमालेको नेतृत्वमा ‘प्रदेश सरकार’ बनाउने उद्घोष पनि गरे ।

यस्ता छन्, ओलीका चार घोषणाः

१,

प्रदेश नम्बर २ को चुनावमा नेकपा एमाले पहिलो पार्टी बन्छ

२,

मंसिर १० गते हुने प्रतिनिधिसभा र मंसिर २१ गते हुने प्रदेश सभाका निर्वाचनमा एमाले बहुमतमा आउँछ । केन्द्रमा एमालेले बहुमतको सरकार बनाउँछ ।

३,

सातै वटा प्रदेशमा एमालेले प्रदेश सरकार बनाउँछ ।

४,

संघीय सरकार पनि एमालेले बहुमतका साथ बनाउँछ ।