१० मंसिर २०८३, बिहिबार

विप्लव र बाबुरामको भक्तपुर जिल्ला कमिटी माओवादी केन्द्रमा बिलय

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २४ भदौ । माओवादी केन्द्रमा नयाँ शक्ति पार्टी नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भक्तपुर जिल्ला कमिटी विलय भएका छन् ।

भक्तपुरको सूर्यविनायकमा आयोजित वृहत बैचारिक राजनीतिक धु्रबीकरण कार्यक्रममा यी दुई पार्टीका जिल्ला अध्यक्ष सहतिको समूह माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक ओम वाग्लेको नेतृत्वमा कार्य समिति र केन्द्रीय परिषदका केही सदस्य समेत गरेर ६२ जना माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ ।

नेकपाको जिल्ला पार्टी कमिटी अध्यक्ष युवराज आर्चायको नेतृत्वमा ७२ जना माओवादी केन्द्रमा बिलय भएको जनाइएको छ ।

उनीहरूलाई माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापाले पार्टीमा प्रवेश गराएका हुन् ।