२ कार्तिक २०८३, सोमबार

यस्तोसम्म गर्न भ्याउँछन् दीपज्योति प्रहरी प्रभाग गंगबुका ‘दबंग’ ईञ्चार्ज

16.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । काठमाडौं प्रहरीले पछिल्लो शान्ति सुरक्षा कायम गर्ने विषयमा प्रशंसा पाइरहेका बेला गंगबुस्थित प्रहरी प्रभाग दीपज्योजितका ईञ्चार्ज एवम् सहायक निरीक्षक कपिल घिमिरेको व्यवहारबाट स्थानीय हैरान भएको गुनासो बढ्न थालेको छ ।

समस्या लिएर आउने स्थानीयलाई सहायक निरीक्षक घिमिरेले अभद्र व्यवहार देखाउने गरेको एक पीडितले बताए ।

‘प्रहरीमा केही समस्या लिएर जाँदा बिटका ईञ्चार्ज कपिल घिमिरेज्यूले घण्टौ कुराउने, कुरा नसुन्ने, नराम्रो व्यवहार गर्ने गर्नु हुन्छ’, नाम उल्लेख नगर्ने सर्तमा ती पीडितले भने, ‘व्यवहारमा सुधार नहुने हो भने स्थानीय सबै एकजुट भएर उहाँलाई यहाँबाट हटाउनका लागि दवाव दिनुभन्दा अर्को बिकल्प छैन । उहाँले आफ्ना मान्छेका मात्रै कुरा सुन्नु हुन्छ ।’

स्रोतका अनुसार ईञ्चार्ज सहायक निरीक्षक घिमिरेलाई होटेल, गेष्ट हाउस, रेष्टुरेन्टका व्यापारीहरूलाई धम्काउने आरोप स्थानीयले लगाएका छन् । ‘उहाँले अनावश्यक रुपमा दुःख दिनु हुन्छ’, पीडितले भने, ‘उहाँका विषयमा धेरै कुरा छन् । आवश्यक परेका दिन भनौँला ।’

सहायक निरीक्षक घिमिरेले स्थानीयलाई दिएको समस्याका विषयमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकसँग जिज्ञासा राख्दा यस विषयमा जानकारी लिएर आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

‘मेरो दायित्व भनेको काठमाडौं जिल्लाभित्र शान्ति सुरक्षा बनाउने तथा जनताको काम गर्ने हो’, उहाँले भन्नुभयो, ‘मेरो मातहत रहेका कुनै पनि प्रहरी कर्मचारीले समस्या बनाएका छन् भने आन्तरिक रुपमा छानविन गरेर आवश्यक कारबाही हुन्छ । सहायक निरीक्षक कपिल घिमिरेका विषयमा पनि के भएको रहेछ मैले बुझ्नेछु ।’