१० मंसिर २०८३, बिहिबार

भारतमा सवारी दुर्घटना प्रकरणः घटनास्थलमा नेपाल प्रहरी पुग्यो, ७ नेपालीको शव अस्पतालमा

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(तिलोत्तमा) रुपन्देही, २३ भदौ । नेपाल भारत सीमा नाका नजिकै आज दिउँसो भएको सवारी दुर्घटनामा ७ नेपालीको मृत्यु भएको छ ।
भारतको गोरखपुरबाट सुनौली आउँदै गरेको सानो गाडि र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा भएको दुर्घटनमा ७ जनाको मृत्यु भएको पुष्टि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरेको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले नेपालीहरुले रिजर्व गरेको सानो गाडि दुर्घटना हुँदा दुई बालकसहित ७ जनाको मृत्यु भएको बताउनुभयो । उहाँले चालक भारतका रहेको अन्य सबै नेपालीहरुको सनाखत हुन बाँकी रहेको बताउनुभयो । रुपन्देहीबाट करिब ३५ किलोमिटर दुरीमा रहेको उक्त क्षेत्रमा अहिले नेपालबाट प्रहरी पठाइएको छ ।

गोरखपुरबाट सुनौलीतर्फ आइरहेको युपी ५३ सिटी ७२०२ नम्बरको इंन्डिगो कार र सुनौलबाट गोरखपुरतर्फ जाँदै गरेको युपी ५२ टि ४३७७ नम्बरको टं्याकर एक आपसमा ठोक्किदा चालकसहित ८ जनाको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

प्रहरी प्रमुख ज्ञावलीले घटनास्थलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १७ का प्रकाश भन्ने व्यक्तिको कार्ड फेला परेपनि अन्य बिवरण आउन नसकेको बताउनुभयो ।

उनका अनुसार मृतकको शवलाई पोष्टमार्टम गर्नको लागि भारतको उत्तर प्रदेश राज्यस्थित महाराजगञ्जको सरकारी अस्पताल लगिएको छ ।