
काठमाडौं, २३ भदौ । मन्त्रीको गाडीले ठक्कर दिँदा राजधानीको नयाँ बानेश्वरमा दुई जना घाइते भएका छन् ।
शुक्रबार अपराह्न नयाँ बानेश्वरमा बा १ झ ७१६३ नम्बरको मन्त्रीको गाडीले ठक्कर दिएको हो । घटनालगत्तै सर्वसाधारणले घेरेपछि मन्त्रीको गाडी प्रहरीको सहयोगमा भागेको थियो । ठक्कर दिने गाडी संचार राज्यमन्त्री तप्तबहादुर विष्टको भएको खुलासा भएको छ । उनी सर्वसाधारणलाई ठक्कर दिने बेलामा गाडीभित्रै थिए । तर, सर्वसाधारणले घेरेपछि प्रहरीको सहयोगमा भागेका थिए । पछि सोधीखोजी गर्दा मात्र उनी चढेको गाडी भन्ने खुलेको थियो ।
झण्डावाल गाडीको ठक्करबाट बा ४८ प ९२५० नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र उनकी सानीआमा अन्जु श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।











प्रतिक्रिया