१ कार्तिक २०८३, आइतबार

वर्ड नेवाः अर्गनाइजेसनको क्षेत्रीय सम्मेलन सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यानडा । वर्ल्ड नेवाः अर्गनाइजेसनको प्रथम नर्थ अमेरिका ब्यापि क्षेत्रीय नेवाः सम्मेलन क्यानडाको मिसिसागामा मिसिसागा घोषणा पत्रका साथ सम्पन्न भएको छ ।

क्यानेडियन नेवाः गुठीको आयोजनामा नेवाः कल्चरल सोसाइटी अफ अल्बर्टा र वर्ल्ड नेवाः अर्गनाइजेसनको सह आयोजनामा भएको सो कार्यक्रममा क्यानडा, अमेरिका तथा संयुक्त अधिराज्य बाट गरि २०० जना को सहभागिता रहेको थियो ।

तीन दिने सो सम्मेलनमा पहिलो दिन स्वागत तथा परिचय कार्यक्रमको साथै सहभागिहरुलाई ूनेवाःभ्वयू द्वारा सत्कार गरिएको थियो ।

कार्यक्रमको उद्घाटन नेपाली राजदूत कालीप्रसाद पोख्रेल, स्थानीय सांसद सोनिया सिधु, वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठ तथा ब्रोक बिश्वबिद्यालयका प्रोफेसर टम ओ नीलले संयुक्त रुपमा कलात्मक पानसमा दीप प्रज्वलन गरि गरिएको थियो ।

कार्यक्रममा अतिथिहरुलाई क्यानेडियन नेवाः गुथिका अध्यक्ष प्रकाश लाल प्रधानले मन्तब्य द्वारा स्वागत गरेका थिए ।