४ कार्तिक २०८३, बुधबार

राष्ट्रिय सहकारी बैंक बागलुङका कर्मचारीलाई स्वागत र विदाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २३ भदौ । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङबाट सरुवा भएर अन्यत्र जाने र शाखामा नयाँ आएका कर्मचारीलाई बिहीवार स्वागत तथा विदाई गरिएको छ ।

बागलुङ शाखाबाट केन्द्रीय कार्यालय ललितपुर सरुवा भएका सहायक अधिकृत सविना श्रेष्ठ र काभ्रेको बनेपा शाखामा सरुवा भएका सहायक प्रल्हाद प्रसाद तिमल्सिनालाई विदाई गरिएको हो ।

यस्तै केन्द्रीय कार्यालयबाट बागलुङ शाखामा सरुवा भई आएका सहायक बुद्धराम बललाई कार्यालयमा स्वागत गरिएको छ ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, शाखा समन्वय उपसमिति बागलुङका सह–संयोजक अशोकगोविन्द राजभण्डारी लगायत शाखा समन्वय उपसमितिका सदस्यहरुले स्वागत तथा विदाई गर्नु भएको थियो ।

कार्यक्रममा सञ्चालक जिसीले जहाँ गए पनि आफ्नो काममा निरन्तर र सक्रिय भएर लाग्न सुझाव दिनुभयो ।  देशभरका सहकारीहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई सबल बनाउदा समग्र सहकारी अभियान बलियो हुने र त्यसका लागि कर्मचारीको भूमिका प्रभावकारी र समन्वयकारी हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

यसैबीच बैंकको शाखा समन्वय उपसमिति बागलुङको पहिलो वैठक बिहीवार नै सम्पन्न भएको छ । वैठकमा शाखा समन्वय उपसमितिमा मनोनयन भएका सबै पदाधिकारी तथा सदस्यहरु र सल्लाहकारहरुलाई सञ्चालक रामबहादुर जिसीले वधाई ज्ञापन गर्दै बैंकको कारोबार वृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको थियो ।

उपसमितिका सह–संयोजक अशोक गोविन्द राजभण्डारी, सदस्यहरु बाबुराज कार्की, ध्रुवप्रसाद शर्मा, रुद्र्रबहादुर केसी, खिमबहादुर कार्की, रञ्जितप्रसाद श्रेष्ठ, लिला खड्का लगायतले शेयर सदस्य वृद्धि तथा कारोबार वृद्धिका लागि सक्रिय योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

बैंकका शाखा प्रमुख सन्तोष घिमिरेले शाखाको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखामा धौलागिरिका २ सय १८ वटा सहकारी शेयर सदस्य रहेको, २ करोड ३० लाख ४२ हजार शेयर रकम, १४ करोड २२ लाख निक्षेप र १६ करोड ३३ लाख लगानी रहेको जानकारी गराउनु भयो ।

गत आर्थिक वर्षमा शाखाले ३० लाख मुनाफा गर्न सफल भएको उहाँले जानकारी दिनु भएको थियो । बागलुङका ४० वटा सहकारीहरुले नियमित कारोबार गरेको जानकारी गराउदै शाखा प्रमुख घिमिरेले सबै सहकारीहरुलाई आफ्नो बैंक राष्ट्रिय सहकारी बैंकमा कारोबार गर्न आव्हान गर्नु भयो ।

वैठकले शाखा समन्वय उपसमितिका सदस्य लिला खड्का हालै सम्पन्न महिला हित सहकारी संस्थाको साधारणसभाबाट अध्यक्ष पदमा र उपसमितिका सदस्य खीमबहादुर कार्की सिम्रिक कृषि सहकारी संस्थाको सहसचिवमा सर्वसम्मत निर्वाचित हुनु भएको वधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको शाखा प्रमुख सन्तोष घिमिरेले जानकारी दिनुभयो ।