१० मंसिर २०८३, बिहिबार

मकवानपुरमा नदी उत्खनन् गर्ने तीन ट्याक्टर नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

हेटौँडा, २२ भदौ । मकवानपुर जिल्लाको हेटौँडास्थित खहरे र राप्ती खोलामा अबैध रुपमा उत्खनन् गरेका तीन वटा ट्याक्टर र चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार नदीजन्य बालुवा गिट्टी अबैध रुपमा ट्याक्टरमा भर्दै गरेको अवस्थामा प्रहरीले ट्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

ईकाला प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले ना ६ त. १२७०, ना. ५ त. ६८६८ र ना. ३ त. ३९३४ नं. को ट्याक्टर र उक्त ट्याक्टरका चालकहरू पूर्णबहादुर तामाङ, गोबिन्द बि.क. र आशिष गोलेलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।