१ कार्तिक २०८३, आइतबार

पैसावालको जुँगाको लडाइँ गर्ने थलो बन्यो एनआरएन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युरोप तथा मध्यपूर्वका देशहरु लगायतमा फैलिएको नेपाल सरकारबाट मान्यता प्राप्त गैर आवासीय नेपाली संघ (एनआरएन) एक सामाजिक संस्थाका रुपमा परिचित छ र संस्थाले नेपालमा धेरै कामहरू समेत गरेको छ ।

पछिल्लो समयमा युरोप देशहरुमा जति चर्चा एनआरएन को हुन्छ त्यो भन्दा बढी चर्चा मध्यपूर्वका खाडी देशहरुमा हुन थालेको छ । यतिबेला यिनै खाडी देशहरूमध्ये युएईमा एनआरएन एनसिसी को १५ सेप्टेम्बर २०१७ मा सम्पन्न हुने सातौं महाधिवेशनको चर्चा चुलिएको छ ।

युएईमा रहेका कतिपय जिल्लागत सामाजिक संस्था तथा राजनीतिक संगठन एवं व्याक्तिहरुमा एनआरएन लाई हेर्ने दृष्टिकोणमा एकरुपता भने पाँइदैन ।

जसका कारण कतिपय संघ, संस्था तथा संगठनहरु नै बेलाबेला आन्तरिक विवादमा समेत परेका छन । कोही खाडी मुलुकमा एनआरएन नै नहुने तर्क गर्दछन भने कोही एनआरएन केवल पैसावालाहरूको जुँगाको लडाइँ गर्ने थलो भएको हुँदा आम श्रमिकको प्रतिनिधित्व र उनीहरूको अपनत्व हुन नसक्ने तर्क गर्दछन ।

तर जोसुकैले जे सुकै तर्क गरेपनि एनआरएन चुनावमा भने आफ्ना(आफ्ना उम्मेद्वार जिताउन अधिकांश तह र तप्का जोडतोडका साथ लागिपरेका छन । ५ सेप्टेम्बर २०१७ मा निर्वाचन समितीले प्रकाशित गरेको निर्वाचन प्रक्रिया सँगै युएईमा अरु निर्वाचन सरगर्मी बढेको छ ।

योसँगै २०१७ देखि २०१९ सम्मको दुई वर्ष कार्यकालका निमित्त वर्तमान कार्यसमितीका उपाध्यक्ष रमेश श्रेष्ठले अध्यक्षका निमित्त आफ्नो उम्मेद्वारी घोषणा गरेका छन भने युएईमा लामो समय सम्म रहेर सामाजिक कार्यमा सक्रिय रहेका व्याक्तित्व सालिक सुवेदीले पनि अध्यक्षका निमित्त नै उम्मेद्वारी घोषणा गरेका छन ।

अध्यक्षका प्रत्याशी रमेश श्रेष्ठले आफ्नो वर्तमान कार्यकालमा पूरा हुन नसकेका कार्यलाई पूरा गर्ने र सबै तह र तप्कालाई साथमा लिएर एनआरएनलाई नयाँ उचाइमा पुर्याउने चुनावी एजेन्डा अघि सारेका छन भने अर्का प्रत्याशी सालिक सुवेदीले युएईमा सबैका निमित्त सामुदायिक भवन निर्माण गर्ने योजना सँगै एनआरएन लाई विवादमुक्त संस्था बनाउने एजेन्डा अघि सारेका छन ।

उम्मेदवारका आकांक्षी मध्ये सालिक सुवेदी र वर्तमान एनआरएन एनसिसीका युथ कोअर्डिनेटर निश्चल तीर्थ दाहाल महासचिवमा प्रत्यासी रहने गरि विभिन्न संघ, संस्था तथा समर्थकको साथमा स्वतन्त्र बाट चुनाव लडने बुझिएको छ भने अर्का अध्यक्षका प्रत्यासी रमेश श्रेष्ठ प्रमुख राजनीतिक संगठनहरुको गठबन्धनमा सहमति गरेर चुनाव लडने बुझिएको छ ।

युएईमा रहेका एनआरएन क्षेत्रीय समितिहरूमध्येको अबुधाबी क्षेत्र बाहेक अन्य सम्पूर्ण क्षेत्रमा अधिवेशन सम्पन्न गरी प्रतिनिधी समेत छनौट भैसकेका छन भने गत ३१ अगस्टमा स्थगित भएको अबुधाबीको अधिबेशन यहि ८ सेप्टेम्बरमा हुने भनिएपनि ६ सेप्टेम्बरमा निर्वाचन समितिले एक सूचना प्रकाशित गरी केवल अध्यक्ष बाहेक अरु सबै पदमा सर्वसम्मत भइसकेको र निर्वाचन आयोग सँग समय अभाव भएका कारण अर्को सूचना प्रकाशित नभएसम्म ८ सेप्टेम्बरमा हुने भनिएको अबुधाबी क्षेत्रीय अधिवेशन अनिश्चित भएको छ ।

त्यसो त एनआरएनलाई श्रमीक मैत्री बनाउने नारा आजभोली युएईका हरेक उम्मेदवारका मुखमा नै झुन्डेको छ । हरेक चुनावका बेला यसैगरी रटान गरिनेयो नारा हालसम्म भने मिथ्या सावित भएको छ र एनआरएन केवल पैसावालाहरुको मात्र संस्था हो भन्ने आम जनगुनासोलाई निर्वाचनमा लाग्ने दस्तुरले समेत प्रशस्त बल पुर्याएको छ ।

प्राप्त जानकारी अनुसार संस्थाको सदस्य हुनमात्र युएई दिराहाम ६० शुल्क र प्रतिनिधी हुनका निमित्त थप ७० दिराहाम शुल्क तोकिएको छ । सामान्य कामदारका निमित्त यो नै चर्को शुल्क हो जो सरदरमा दुई दिनको पारिश्रमिक हो ।यी र यिनीहरु भन्दा नि अझ न्यून आय भएका व्याक्तिहरु कार्यकारी पदमा रहेर काम गर्ने सोच बनाउनु वा आकांक्षा राख्नु त धेरै परको एकादेशकोकथा जस्तै मात्र हो ।

निर्वाचन समिती द्वारा प्रकाशित तालिका अनुसार आइसिसी सदस्यका निमित्त उम्मेदवारी दर्ता शुल्क मात्र युएई दिराहाम ५,००० झन्डै एक लाख पचास हजार नेपाली रुपियाँ छ भने अध्यक्ष का निमित्त ३,५०० दिराहाम, उपाध्यक्षका निमित्त २,५०० दिराहाम, महासचिवका निमित्त २,००० दिराहाम, सचिवका निमित्त १,७०० दिराहाम, महिला संजाल प्रतिनिधीका निमित्त १,४०० दिराहाम, युवा संजाल प्रतिनिधीका निमित्त १,४०० दिराहाम र सदस्यहरुका निमित्त ६०० दिराहाम उम्मेदवारी दर्ता शुल्कतोकिएको छ भने दावीविरोध गर्नेलाई १,००० दिराहाम शुल्क तोकिएको छ ।

उल्लेखित शुल्कको बारेमा युएईमा रहेका आम नेपालीहरुले सर्वत्र विरोध जनाएका छन भने व्याक्ति स्वतन्त्र रुपले एनआरएन सदस्य हुनपर्नेमा आफु अनुकुलका व्याक्तिहरु जिताउन आफु अनुकुलका सदस्य बनाएर प्रतिनिधी चयन गर्न पैसा खर्च गरेर नै केहि व्याक्तिहरु लागेको भन्ने गुनासो समेत गरेका छन ।

– युएई