१ कार्तिक २०८३, आइतबार

अब १० महिनामा पुरा होला त गौतमबुद्ध विमानस्थल ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २१ भदौ । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थल भैरहवाको निर्माण कार्य विगत १२ महिनादेखी अत्यन्तै धिमा गतिमा काम भइरहेको छ । ०७४ जेठ १९ गते निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएको कम्पनिकै कारण उक्त निर्माण कार्य धिमा गतिमा भएपछि विमानस्थलको भविष्यको बारेमा समेत चिन्ता प्रकट भइरहेको छ ।

यसैबीच संसदको सार्वजनिक लेखा समितीले समेत सोहि विषयलाई केन्द्रमा राखेर भैरहवामा सार्वजनिक सुनुवाई सम्पन्न गरयो । सो सार्वजनिक सुनुवाईमा आफ्ना धारणाहरु राख्दै स्थानियबासीहरुले ठेकेदारलाई आवश्यक्ताअनुसार टर्मिनेट गर्नुपर्ने समेत सुझाब दिए ।

समितीका सभापति सांसद डोर प्रसाद उपाध्ययको सभापतित्वमा भएको सार्वजनिक सुनुवाई पश्चात सम्पन्न लेखा समितीको बैठकले सरकार, विभागीय मन्त्री, क्यानका पदाधिकारी र ठेकेदारकै कारण राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थल भैरहवा मृत्युशथ्यामा पुगेको बताए । बैठकमा आफ्ना भनाई राख्दै पुर्व अर्थमन्त्री समेत रहेका समितीका सदस्य विष्णुप्रसाद पौडेलले मृत्यु शैयामा पुगेको भैरहवा विमानस्थललाई पुर्नजिवन दिन कठोर निर्णय लिनुको विकल्प नभएको बताए । समितीका सदस्य पुर्वमन्त्री बालकृष्ण खाणले विमानस्थल निर्माणमा ठेकेदार कम्पनिले देखाएको हेलासीप्रति कटु आलोचना गरे ।

समितीका अर्का सदस्य गोकर्ण विस्टले तत्काल एउटा कार्यदल बनाएर काम कारबाहि अगाडी बढाउनुपर्ने सुझाब दिए । सांसद भरत कुमार शाहले चिनीया ठेकेदारको बदमासीको कारण समस्या आएको बताए । सांसद धनराज गुरुंगले भैरहवा विमानस्थल निर्माणमा समस्या आउनुमा उच्च स्तरी नेताहरुको लालसा भएको बताए । सांसद सवेन्द्रनाथ शुक्लाले जसरी पनि विमानस्थल बन्नुपर्नेमा त्यसोनगरी कमाउने खेल भएको बताए । सांसद धुव्र वाग्लेले विमानस्थलमा कारोबारीको चलखेल बढेको बताए । डा. डिम्पल झाले राष्ट्रिय गौरबको आयोजनामा अवरोध पुराउनेलाई तत्काल कारबाहि गर्नुपर्ने बताए । सांसद हरिप्रसाद नेपालले स्थानियहरुले दबाब दिएरै भएपनि विमानस्थल निर्माणलाई दुत्रता दिनुपर्नेै बताए । सांसद रामहरि खतिवडाले भैरहवा विमानस्थलमा अदृश्य चलखेल भएको बताउदैं तत्काल गहन छानबीन हुनुपर्ने बताए ।

बैठकमा सांसदहरुले समयावधि सकिदा सम्म विमानस्थलको काम २६ प्रतिशत मात्रै हुनु विडम्बनापुर्ण भएको बताएका थिए । सो अवसरमा आयोजनाका प्रतिनिधीले निर्माणको मुख्य ठेक्का पाएको चिनियां कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले करिब १ अरब ४६ करोड भन्दा बढी रकम लगिसकेको छ । कम्पनिले शुन्य दशमलब १ प्रतिशतका दरले काम गरेको छ । कम्पनिसंग प्रायाप्त लेबर, प्राविधीक तथा अन्य साधनहरु पनि छैनन ।

राष्ट्रिय गौरबको उक्त आयोजना समयमै सम्पन्न नभएपछि आयोजनाले पत्रकाटि २ महिनाभित्र सन्तोषजनक परिणाम नदेखाए ठेक्का नै टर्मिनेट गर्ने चेतावनी चिनीया पक्षलाई दिएकाको पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरेले जानकारी दिएका थिए ।

मन्त्रीविरुद्ध खनिय सांसदहरु

भैरहवामा सम्पन्न सार्वजनिक लेखा समतिको बैठकमा विभागीय मन्त्रीले विना जानकारी अनुपस्थित भएपछि सो बैठकले एकै स्वरमा खेद प्रस्ताव पारित गरेको छ । बैठकका मुख्य विषय राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थल , बेलहिया बुटवल छ लेन सडक थिए । बैठक पुर्व आयोजित सार्वजनिक सुनुवाईमा स्थानियबासीले विमानस्थलको ठेकेदार र छ लेन सडकको ठेकेदारले जनतालाई नटेरेको भन्दै आक्रोस व्यक्र गरेका थिए । त्यसपछि आयोजित बैठकमा सांसदहरुले विभागीय मन्त्री भौतिक योजना मन्त्री विर बहादुर बलाल, सचिव देवेन्द्र कार्कि र पर्यटनमन्त्री जितेन्द्रनारायण देव र सचिव महेश्वर न्यौपानले नेपालकै इतिहांसमा मन्त्रीहरुले संसदीय समितीको अपमान गरेको भन्दै आपत्ति प्रकट गरेका थिए ।

सांसदहरुले समितीको बैठकमा नआउने मन्त्री, सचिव विरुद्ध खेदप्रस्ताव समेत पारित गरेका छन् । एकै स्वरमा सांसदहरुले भनेका छन् सरकारका मन्त्री र सचिब नै राष्ट्रिय गौरबको आयोजनाप्रति गम्भिर देखिएनन त्यसैले उनीहरु आएनन् । हामी पत्र काटेर उनीहरुसंग स्पस्टीकरण लिन्छौं । मन्त्री र सचिवप्रति आक्रोसीत हुदैं सांसदहरुले संसदको समितीलाई वेवास्त ागर्ने मन्त्री र सचिव कहिल्यै जनताप्रति जवाफदेही नहुने पनि बताए ।

समितीका सभापति डोरप्रसाद उपाध्ययको सभापतित्वमा भएको बैठकमा लेखा समीतिका सदस्यहरु विष्णु प्रसाद पौडेल, बालकृष्ण खाण, गोर्कण विस्ट, भरत कुमार शाह, सवेन्द्रनाथ शुक्ला, धनराज गुरुंग, डा. मिनेन्द्र रिजाल, पशुपति चौलागाइ, हरिप्रसाद नेपाल, रामहरि खतिवडा, ममता गिरी, अमृत लाल राजवंशी, धुब्र वाग्ले, कमलेश्वर पुरी, उषा गुरुंग, डा. डिम्पल कुमारी झा, मिना पुन, रुपा कुमारी महर्जन, दिपक गिरी, अतहरकमाल मुसालमान, बादशाह कुर्मि, विकास लम्साल, दिलबहादुर नेपाली, भरत साउद, राधाकृष्ण कडेंल र भुपेन्द्र थेवेंले एकै स्वरमा मन्त्री र सचिवविरुद्ध खेद प्रस्ताव पारित गरेका हुन् ।

बैठकलाई मन्त्री, सचिव, क्यानले अवमुल्यन गरेको देखिएकोले उनीहरुको रबैयाप्रति खेद प्रस्ताव पारित भएको लेखा समितीका संसदीय सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । अर्यालका अनुसार समितीले काठमाण्डौंमा गई विना जानकारी अनुपस्थित हुनेलाई स्पष्टीकरण लिने जनाएको छ ।

किन भयो ढिलाई ?

निर्माणको मुख्य ठेक्का पाएको चिनियां कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइना र सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिबीचको लेनदेन हिसाबको विवाद चूलिदा निर्माण कार्यमा अवरोध आएको हो । तर पछिल्लो समय ठेकेदार कम्पनिले नै धीमा गतिमा काम गरिरहेको छ । नेपाली कम्पनि आफ्ना सबै साधनहरु फिल्डमै छाडेर साइड लागेको छ । उसले पाउनुपर्ने रकम दाबी गरेको छ । तर उसले न रकम पाएको छ नत काम नै ।

सन् २०१७ को जनु २ तारिख अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको चिनीया कम्पनि नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले आफुले प्राप्त गर्ने रकम मध्ये ८० प्रतिशत रकम नेपाली कम्पनिलाई दिनेगरी सब कन्ट्रयाक्टरको रुपमा नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई निर्माणको कामको सम्पुर्ण जिम्मा लिखीत रुपमै दिएको थियो ।

यी दुई कम्पनिबीचको आन्तरिक सम्झौता अनुसार नेपाली कम्पनिले काम गर्दै जादा गएको चैत्र पहिलो हप्ता सम्म जम्मा कामको २४ प्रतिशत काम सम्पन्न भएको जनाएको थियो । विमानस्थलसंग सरोकारित दातृ संस्था एडिबी, कन्सलट्यान्टको जिम्मा पाएको युसीन कोरियन कन्सलट्यान्ट र परियोजना क्यानले संयुक्त रुपमा मूल्यांकन गर्दा समेत २४ प्रतिशत काम भएको जनाएको थियो । मधेस आन्दोलन, राजनितीक उतावचढाव र निर्माण सामग्रीको अभाव हुदाहुदैं पनि २४ प्रतिशत काम सम्पन्न गरेको नेपाली निर्माण कम्पनि र चाइना कम्पनि बीचको आपसी विवाद चैत्र दोस्रो हप्तादेखी सतहीमा उर्तियो । त्यसपछि त काम झनै ठप्प जस्तै भएको छ । नेपाली पक्षले काम छाडेको करिब ५ महिनामा जम्मा ३ प्रतिशत मात्रै काम भएको छ ।

चाइनीज कम्पनिले क्यान र एडिबी बाट रकम बुझ्ने तर काम गर्ने सब कन्टयाक्टरलाई रकम नदिने गर्दा त्योे विवाद चूलिएको हो । नेपाली कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिले अहिले सम्म चाइनीज कम्पनिसंग करिब ५५ करोड लिन बाकी रहेको दाबी गरेको छ । तर चैैत्र पहिलो हप्ता क्यानबाट २ करोड, एडिबीबाट ६ करोड गरी कुल ८ करोड रकम बुझेको चाइजीन कम्पनिले नेपाली कम्पनिलाई एक रुपैयां पनि नदिएपछि लेनदेनको विवाद सतहिमा आई पुगेको थियो ।

सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष राजु गुरुंगको नेतृत्वमा निर्भिक खनाल, सन्जिब राई, फुर्वा छिरींग शेर्पा लगायतको टिम थियो ।

चीनिया ठेकेदार र नेपाली ठेकेदार कम्पनिबीच विवाद उत्कर्षमा पुगेपछि नेपाली टिमले काम छाड्यो । नेपाली टिमले विमानस्थल कुनैपनि बहानामा रोकिनुहुन्न भन्दै त्यसकोलागी आफुहरु अवरोधक नहुने भन्दै पत्रकार सम्मेलन नै गरेर काम छाडेको जनाएको थियो । नेपाली समुहले काम छाड्दा विमानस्थलमा टाइप वानको काम सम्पन्न भइसकेको बताएको थियो । प्रथम चरणमा बिमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकिय भवन, आन्तरीक तथा बाह्य पेरीफेरी रोड, एअर कार्गो बिल्डींग, सुरक्षा पोष्ट भवन, बिमानस्थल सडक, नदि डाईभर्सन लगायतका भौतिक निर्माणका कार्यहरु गर्ने गरी कन्सट्रक्सन ग्रुपले ठेक्का पाएको थियो । जस अनुसार घाग्रा नदिको डाइर्भसन, धावन मार्गमा माटो फिलिंग, भस्कट फिलिंग र मिस्कट फिलिंग भइसकेको छ । सबै विल्डििंगहरुको जग निर्माण कार्य तथा जहाज पार्किंक स्थल निर्माण पनि अन्तिम चरणमा पुगेको नेपाली निर्माण कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष गुरुंगले जानकारी दिएका थिए ।

चाइनिज ठेकेदार कम्पनिले सन् २०१४ मा सम्झौता गरे अनुसारको रकममा हाल निर्माण सामग्री नपाइने भन्दै रकमको भेरियसन बढाई समय पनि थप गरेर काम गर्न चाहेको पनि बुझिएको छ । यदि त्यस्तो भएमा हाल सम्झौता भएको रकमको तिन गुना थप लागत लाग्ने देखिन्छ । तर नेपाली ठेकेदार कम्पनिका अध्यक्ष गुरुंग रुपन्देहीकै स्थानिय बासिन्दा भएकोले आफ्नो प्रतिष्ठाकोलागी भएपनि रकम नबढाई पुरानै सम्झौतामा काम गर्नुपर्ने भन्दै अडान लिएपछि चिनीया कम्पनिले उनको कम्पनिलाई विभिन्न विवादमा मुछेर हटाएको हो ।

अहिले चिनीया ठेकेदार कम्पनिले आफै काम गरिरहेको छ । नेपाली र चिनीया ठेकेदार कम्पनि बीचको विवाद मिलाउन पुर्व महान्याधिवक्ता डा. युवराज संग्रौलाले बारम्बार प्रयास पनि गरेका हुन् । तर मिल्न सकेको छैन । तर नेपाल सरकारले चिनीया कम्पनिलाई समयमै काम किन सम्पन्न नगरको नसक्ने भए छाड्देऊ भनेर चेतावनी नै दिएपछि चीनिया राजदुताबासले नै ठेक्का टर्मिनेट नगराउन बारम्बर आग्रह गरिरहेको छ ।

चिनीया कम्पनिको काम सन्तोषजनक नभएकोले लिखीत रुपमै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले पत्र नै पठाएका छन् ।

शर्माका अनुसार यहांको कामको ठेक्का चिनीया कम्पनीले लिएको हो । उसको फाइनान्सीयल म्यानेजमेन्ट कमजोर छ । यसबारेमा हामीले बारम्बार चिनीया स्थित उसको हेडक्वाटरलाई समेत पत्र पठाएर सचेत गराएका छौं पछिल्लो समय उसैले आफै सब कन्ट्रयाक्टर बनाएको नेपाली नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिसंग लेनदेन विवाद नमिलेर केही समस्या आयो । केहि दिन काम समेत बन्द भयो । अहिले चाहिं चिनीया कम्पनिले आफै काम गरेको छ तर जुन गतिमा हुनुपर्ने हो त्यसरी हुन सकेको छ्रैन । काम सन्तोष जनक छैन । नेपाली र चाइनिज कम्पनिबीच विवाद भएपछि पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरे सहितको रोहबरमा कम्पनिका उपाध्यक्ष र नेपाली कम्पनिबीच विवाद समाधान गर्नेगरी ४ बूंदे सहमति समेत भएको थियो तर त्यो फलदायी भएन ।

ठेक्का र शिलन्यास

भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई धेरैले भैरहवा एअरपोर्ट भनेर चिन्ने गर्दछन् । घरेलु विमानस्थलको रुपमा रहेको यो विमानस्थलको स्तोरोन्नती गर्ने भन्दै औपाचारिक रुपमा २०७१ साल माघ १ गते विहीबारका दिन तत्कालिन प्रधानमन्त्री स्वर्गिय शुसील कोइरालाले शिलान्यास गरेपछि एकाएक यो विमानस्थल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको रुपमा परिचीत हुन थालेको हो ।
मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको धावनमार्ग र क्षमताले धान्न नसकेपछी सरकारले तत्काल बैकल्पीक विमानस्थलको रुपमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थललाई स्तोरन्नतीगरी अन्तराष्ट्रिय स्तरको बनाउन शुरु गरेको हो । सन् २०१४ को डिसेम्बर ३१ तरिखमा कार्यदेश पाई त्यसै अनुरुप विमानस्थलको स्तरोन्नतीको कामकोलागी सन् २०१७ को जनु २ तारिख अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी टेन्डर आहवन गरिएको थियो । मल्टीनेशनल रुपमा आहवन गरिएको बोलपत्र अनुसार ५ चीनिया र २ स्पेनीश ठेकेदारहरुले बोलपत्र भरेको भएता पनि चीनिया ठेकेदार कम्पनि नर्थ वेस्ट सिभील एभीएशन एअरपोर्ट कन्सट्रक्शन ग्रुपले टेन्डर पारी आवश्यक सम्झौता गरी निर्माण कार्य गत ०७१ को माघ १ देखी शुरु गरेको हो । कुल ६ अरब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयां ९१ पैसा लागतमा निमांण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो । सन् २०१८ जनवरी १ तारिखको दिन अन्तराष्ट्रीय विमान भैरहवामा अवतरण गराउनेगरी निर्माणको ठेक्का नर्थ वेस्टले लिएको गौतमबुद्ध विमास्थलका आयोजनाले जनाएको छ ।