काठमाडौं, २१ भदौ । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन अहिले सबै दल र मतदातालाई लागिसकेको छ । सत्तारुढ दल गठबन्धन बनाएर चुनावमा होमिएका छन् भने विपक्षी दल एक्लाएक्लै मैदानमा छन् ।
खासगरी सत्तारुढ कांग्रेस–माओवादी गठबन्धनविरुद्ध एमाले नेता कार्यकर्ता आक्रामक रुपमा प्रस्तुत भएका छन् । गठबन्धनलाई हराएर मधेसमा पनि पहिलो शक्ति बन्ने उनीहरुको दाबी छ ।
यसैबीचमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले पनि कांग्रेस–माओवादी गठबन्धनविरुद्ध कडा प्रतिक्रिया दिएका छन् ।
उनले चुनावमा कांग्रेस–माओवादीको तालमेल जनताविरुद्धको षड्यन्त्रकारी मोर्चाबन्दी भएको आरोप लगाएका छन् । र, डटेरै सामना गर्न मधेसी जनतालाई अपिल गरेका छन् ।
उनले भनेका छन्– ‘२ नम्बर प्रदेशमा एमाले विरुद्धको सत्तारुढ दलको मोर्चाबन्दी जनभावना विरुद्धको षड्यन्त्रकारी मोर्चाबन्दी हो । जनता सबै जुटेर त्यसको सामना गरौ ।’











प्रतिक्रिया