१० मंसिर २०८३, बिहिबार

युवा संघद्वारा मधेसमा ३० लाखको राहत वितरण, पीडितले भने- हाम्रो रोजाई एमाले

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेकपा एमालेनिकट युवा संघ नेपालले तराई मधेसका बाढी पीडितलाई ३० लाख बराबरको राहत वितरण गरेको छ ।

संघले सप्तरीको कन्चरुवा नगरपालिका वडा नं २ वमजिया सुन्तरीया खोला २२, त्रिहुद गाउपालिका वडा नं १ त्रिगोल ९९, सिरहाको कल्याणपुर नगरपालिकाको वडा नं ४ का मुसहर वस्तीमा ९६ वटा घरपरिवारलाई, सोही नगरपालिकाको ८ नं वडाको अरांपुरका ८८ पीडित घरपरिवारलाई र सर्लाहीको हरिवन नगरपालिका वडा नं ६, ९ र १० का १८० सुकुम्बासी घरपरिवारलाई राहत वितरण गरेको हो ।

मधेसमा यी तीन जिल्लामा संघका केन्द्रीय अध्यक्ष राजिव पहारी, सचिव माधव वास्तोला, सचिवालय सदस्यहरु रमेश आचार्य र निरेशलाल सिंहले पीडितलाई राहत प्रदान गरेको नेता सन्तोष सिलवालले जानकारी दिए ।

उनका अनुसार राहत पाएपछि पीडितले सरकारले बाढी र डुबानमा परेका मुसहर, डोम, सुकुम्बासी, लगायतका विपन्न परिवारहरु बस्ने बस्तीमा ध्यान नदिएको र आफूहरुले अहिलेसम्म राहत नपाएको गुनासो गर्दै दुःखमा साथ दिने पार्टी एमाले नै हो भन्दै गहभरी आंसु झार्दै आगामी निर्वाचनमा एमालेलाई नै रोज्ने बताएका थिए ।

‘तराई मधेशको आन्दोलनमा मधेशवादी भनाउदा र आफूलाई जनताको पार्टी भन्ने कांग्रेस र माओवादी केन्द्रले पनि पीडामा परेका बेला हेरेनन्,’ पीडितहरुले गुनासो पोख्दै भने– ‘जनता भनेका सत्तामा पुर्याउने भर्याङ मात्र हैनन् । पीडामा परेका बेला सहयोग पनि चाहन्छन् । असोज २ गते कुरेर बसेका छौ । यसपालि हाम्रो रोजाई एमाले हो ।’

राहत वितरणको व्यवस्थापन Nendies Haven organization काठमाडौंले मिलाएको थियो ।