काठमाडौं, २१ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत दुई नं. प्रदेशको उम्मेदवारहरूले आजउम्मेदवारी दर्ता गराउँदै छन् ।
निर्वाचन कार्यक्रमअनुसार बिहान दश बजेदेखि अपरान्ह पाँच बजेसम्म उम्मेदवारी दर्ता गराउन पाइनेछ ।
कांग्रेस, एमाले, माओवादीसहितका दलहरूले अधिकांश स्थानमा उम्मेदवारी टुंगो लगाइ सकेका छन् । साना दलहरू पनि उम्मेदवारी दिनका लागि तयार भएर बसेको जनाएका छन् ।
केही स्थानमा प्रमुख दलहरू तालमेलको तयारीमा छन् । कांग्रेस र माओवादी केन्द्रले केही स्थानमा तालमेलको राण्नीति बनाएका छन् । एमालेले केही साना दलसँग तालमेल गर्ने बताइएको छ ।











प्रतिक्रिया