१ कार्तिक २०८३, आइतबार

एनसेलले ल्यायो सुलभ दरमा नयाँ डेटा अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई दु्रतगतिको इन्टरनेट सेवाअझसुलभदरमा प्रदानगर्न नयाँ डेटा प्याकहरु ल्याएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुपप्राप्तगर्न सक्नेछन् र कर सहितन्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजालिन सक्नेछन् ।

नयाँ डेटा प्याक कुनै पनि बेलाप्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमाप्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमाउपलब्ध छन् जसअन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १०,००० एमबि सम्मका डेटा प्याकहरु रु १० देखि रु १५०० सम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

कुनै पनि डेटा प्याक सुचारु गर्नेग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुखविषेशता हो । उदाहरणका लागि रु १०० मा ५०० एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५०० एमबि फोरजी डेटा बोनस स्वरुपप्राप्तगर्नेछन् । यस योजनाअन्र्तगतकाप्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुपप्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्रमान्य हुनेछ ।

अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले रु १० मा ३० एमबि डेटा प्राप्तगर्नेछन् र यो प्याक सुचारु गर्नुहुने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुपप्राप्तगर्नेछन् । यसरी ग्राहकले रु १० मा ६० एमबि डेटाको मजालिन सक्नेछन् । त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले रु ३० मा १०० एमबि, रु ५० मा २०० एमबि र रु७० मा २५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको मजालिन सक्नेछन् ।

साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले रु १०० मा ५०० एमबि, रु ३०० मा १२५० एमबि, रु ५०० मा २५०० एमबि र रु १५०० मा १०००० एमबि डेटा प्राप्तगर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुपप्राप्तगर्नेछन् ।

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दाचार गुणा बढी डेटा भोल्युमको मजालिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुपप्राप्तगर्नेछन् ।

जस्तै रु १५०० मा ४०००० एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४०००० एमबि फोरजी डेटा बोनस प्राप्तगर्नेछन् र न्युनतम २ पैसा प्रतिएमबिमा डेटा सेवाको मजालिन सक्नेछन् ।

यो योजनायहिबुधबार (भदौ २१) देखि ९० दिनको लागिलागु हुनेछ र फोरजी बोनस ३० दिनकालागिमान्य हुनेछ । डेटा प्याकहरुको उल्लेखित सबै शुल्कहरु कर सहितका हुन् ।

सुलभ दरमा दु्रतगतिको इन्टरनेटको मजाको लागि एनसेलका ग्राहकले एस्ट्रिस्क१७१२३ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार आफ्नो आवश्यकताअनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

अल टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकताअनुसारको प्याक भोल्युम टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् । त्यस्तै नाइट टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकताअनुसारको प्याक भोल्युम र अंग्रेजीमा ठूलो ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाई यो डेटा प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एपबाट पनि डेटा प्याकहरु सुचारु गर्न सकिनेछ ।

‘‘इन्टरनेट सेवाअझ सुलभ बनाउदै नयाँ प्याकहरु ल्याउनपाउँदाहामीनिकैहर्षित छौ । नजिकिदै गरेको चाडपर्व र देशको विभिन्नशहरमा फोरजी सेवाविस्तार भई सकेको हालको अवस्थामा यो योजनाले ग्राहकलाई थप लाभ पुर्याउने कुरामाहामीविश्वस्त छौ,’’ एनसेलका कपोर्रेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।

पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमाल्याएपश्चात एनसेलले तदारुकताका साथ यो सेवाविस्तार गर्दै आइरहेको छ ।

हाल एनसेलको फोरजी सेवा देशको विभिन्न १९ शहरमा उपलब्ध छ र एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा यो सेवाविस्तार गर्र्दैै ग्राहकलाई दु्रतगतिको मोवाइलब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने र डिजिटल नेपालनिर्माणमा योगदान पुर्याउने लक्ष्यलिएको छ ।