१ कार्तिक २०८३, आइतबार

मिस्टर काठमाडौं यसै साता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

जमलस्थित राष्ट्रिय नाच घरमा दुईदिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धामा हुने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पहिलो दिन प्रि जजिङ राउन्ड हुनेछ । हरेक तौलसमूहमा शीर्ष ५ स्थानमा रहने खेलाडी फाइनल चरणमा पुग्नेछन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार जित्नेछन् ।

हरेक तौलसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मुख्य उपाधि ‘मिस्टर काठमाडौं’ का लागि प्रतिस्पर्धा गराइनेछ । सो उपाधि जित्नेलाई छुट्टै एक लाख नगदबाट पुरस्कृत गरिने छ ।

सोही अवधिमा दोश्रो महिला फिट्नेस प्रतियोगिता तथा प्रथम मिस्टर काठमाडौं जुनियर प्रतियोगिता पनि हुनेछ । महिलातर्फ खुला रहेको छ भने जुनियरमा यु–२१ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । दुवै विधामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजारका दरले नगद पुरस्कार पाउने छन् ।