गाईघाट, २० भदौ । उदयपुरको कटारी नगरपालिकाले चालु आर्थिक वर्षमा झण्डै ७० करोड खर्च गर्ने भएको छ । मंगलबार नगरपालिकाको हलमा आयोजित प्रथम नगर सभामा नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले नगरसभाबाट पारित वजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ६९ करोड १० लाख ५० हजार ९ सय २५ रुपैंया ६ पैसा बराबरको वजेट सार्वजनिक गरे ।
सभाले नगर क्षेत्रभित्रका विकाश निर्माणको लागि नगरपालिकाको गुरुयोजना निर्माण गर्ने, आवधिक नगर विकास योजना, भुउपयोगी नक्सा, विपद व्यवस्थापना याृजना, संस्थागत भवन बनाउँदा अपाङ्ग तथा बालमैत्री बनाउने, कटारी बजारमा सिसी क्यामेरा जडान गर्ने, कटारी–बेतेनी केबुलकारको सम्भाव्यता अध्ययन यसै वर्षमा गर्ने गरी योजनाअघि सार्ने निर्णय गरेको छ ।
त्यसैगरी पुर्वाधारतर्फ सडक विस्तार, स्तरउन्नती, भौतिक संरचना निर्माण, कटारी वजारमा रहेका २ वटा वसपार्क (उत्तरी र दक्षिणी) को स्तरउन्नति र सञ्चालन, वातावरण मैत्री नगरपालिका बनाई पर्यटकिय र तथा व्यापारिक क्षेत्रकोरुपमा विकास गर्ने, व्यवस्थित सहर तथा सडक नालासहितको कालोपत्रे निर्माणलगायत रहेकाछन् ।
सामाजिक विकासतर्फ कटारी क्षेत्रको उत्तरी महाभारत रेञ्ज क्षेत्रमा २ सय सैयाको सुबिधा सम्पन्न अस्पताल निर्माण कार्यका लागि यसैबर्ष निती अवलम्वन गरिने, हिंसामा परेका महिला तथा सडक बालबालिकाको संरक्षणका लागि वहुउदेश्य केयर सेन्टर, सेफहाउस सञ्चालनका लागि यसै बर्ष नीति अवलम्बन गरिने, महिलाहरुलाई सिपमुलक, बालमैत्रि नगर, गरिव सहुलियत कार्यक्रम, खेलकुदको विकास, युवा लक्षित कार्यक्रमहरु संञ्चालन गर्ने निर्णय गरेको छ ।
सभाले कृषि वन तथा वातावरणतर्फ नगरको कृषि क्षेत्रलाई लक्षित गरी कृषि क्याम्पस स्थापनामा जोड दिइने नीति लिइएको, स्थानीय उत्पादनको प्राथमिकता तथा वजारीकरणको व्यवस्थापन वृक्षारोपण तथा बन संरक्षण, पार्कहरुको निर्माण तथा संरक्षण जलश्रोत विकासमासमेतको नीति बनाएको छ ।
जलश्रोत तथा भूमि क्षेत्रतर्फ नगरको पहाडी क्षेत्रमा हावापानी र माटो सुहाउदो अदुवा खेती, अलैची, अम्लिसो, चियाखेती, फलफूल खेती जस्ता कृषिजन्य उत्पादनलाई प्रोत्साहित र प्रर्वद्धन गर्ने लिइएको नगरपालिकाका उपप्रमुख भिमकुमारी राउतले जानकारी दिईन ।
त्यसैगरी सार्वजानिक सेवा तथा क्षमताविकासतर्फ कर्मचारीको क्षमता विकास, रिक्तदरवन्दी पदपुर्ति, विनियम तथा कार्यविधिहरुको तर्जुमा, नगरपालिकाका विविध सेवाहरु लिन अतिरिक्त दस्तुर तिरी घरदैलो सेवा उपलब्ध गराउने नीति अवलम्वन गर्ने, करप्रणलीलाई सरलीकरण गर्ने लगायतका रहेकाछन् ।
सभाले २०७४÷०७५ को नगर विकास योजना तर्जुमा गर्दा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त मार्गदर्शन, अर्थमन्त्रालयबाट प्राप्त वजेट सिलिङ्ग, विद्यमान ऐन नियम तथा निर्देशिका, स्थानीय पूर्वाधार विकास नीति, नगर सडक यातायात गूरुयोजना र सहश्राब्दी विकास लक्ष्यलाई प्रमुख आधार बनाइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा पहिला कटारी नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमहरु सार्वजानिक गरेको हो । ऐतिहासिक प्रथम नगरसभाको उद्घाटन प्रमुख अतिथि माओवादी केन्द्रका साँसद भेषकुमारी राउतले गरेकी थिईन । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक खडग परियार, कटारीका राजनीतिक दलका प्रमुखहरु, पत्रकार, संघ–संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
















प्रतिक्रिया