काठमाडौं, २० भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले मुुलुकमा ओवादीको एजेण्डामै चलिरहेकोले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्।
रिपोर्टर्स क्लबको साक्षात्कारमा मोदीले भने, ‘अहिले सबै साथीहरु माओवादी केन्द्रको एजण्डा अनुसार नै चुनावमा जानुभएको छ, त्यसैले जीतहाम्रो पहिल्यै नै भैसकेको छ ।’
मोदीले आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि आफ्नो पार्टी नै एक नम्बर हुने दाबी गरे । उनले थपे, ‘हेर्दै जानुहोला, आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा हाम्रो पार्टीले श्रेष्ठता हाँसिल गर्छ, जनताहरुको अहिले हाम्रो पार्टीप्रति ठूलो जनलहर बढेको छ ।’
त्यस्तै उनले सुन तस्करीको बारेमा बोल्दै भने, ‘सुन तस्करमात्रै कुरा नगरौं, यो देशमा धेरै ठूला ठूला तस्करीहरु भैरहेका छन्, तस्करी जालोको रुपमा फस्टाएको छ, यसलाई समाप्तपार्न युवा नेताहरु नेतृत्वमा आउनुपर्छ ।’















प्रतिक्रिया