२ कार्तिक २०८३, सोमबार

‘कांग्रेसले प्रदेश नम्बर २ मा १०६ सिट जित्छ, माओवादीसँग १० ठाउँमा तालमेल’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले १ सय ६ सिट जित्दै पहिलो स्थान हाँसिल गर्ने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘तराई÷मधेश कांग्रेसको गढ हो, कांग्रेसले नै मधेशको विकास गरेको छ, हजारौं नेता तथा कार्यकर्ताहरु कांग्रेसलाई पहिलो बनाउन आँतुर छन्, हामीले पनि जनतामा अत्यन्तै भिजेका, लोकप्रिय र पूराना नेताहरुलाई उम्मेद्धवार बनाएका छौं ।’

उनले कांग्रेसले हुलाकी सडक, खानेपानी, भौतिकपूर्वाधार लगायत विकासका धेरै कामहरु गरेकोले कांग्रेसप्रति जनताको विश्वास रहेको स्पष्ट पारे । उनले भने, ‘१सय ३६ स्थानमा हामी १०६ वा १०७ स्थानमा विजयी हाँसिल गर्छौं ।’

त्यस्तै उनले राजमार्ग छेउमा कांग्रेसले माओवादी केन्द्रसँग ९–१० स्थानमा सहकार्य गर्ने निर्णय भएकोले त्यहीअनुसार उम्मेद्धवार तय भएको समेत जनाए । उनकाअनुसार राजमार्ग छेउका सिमराको जीतपुर, सर्लाहीको बाग्मती, लालबन्दी, हरिवन, धनुषाको ढल्केवर (मिथिला), सिरहाको कर्जन्हा, मिर्चैया र गोलबजारमा माओवादी केन्द्रसँग सहकार्य हुने निर्णय भएको छ ।

देउवाकै पालामा मेलम्चीको पानी काठमाडौंमा

मन्त्री यादवले यही डिसेम्बरभित्रै मेलम्चीको खानेपानी काठमाडौं आउने दाबी गरे । उनले भने, ‘ढुक्क हुनुहोस्, मेलम्चीको खानेपानी काठमाडौंवासीले यहीवर्षको डिसेम्बरभित्रै खान पाउँछन् ।’ विगतमा मेलम्चीको पानी काठमाडौं आउने अनिश्चितजस्तो भएपनि आफू मन्त्रीभएर आएपछि यसलाई निश्चित् गराएको उनको भनाई थियो ।

उनले थपे, ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूकै पालामा मेलम्चीको पानी काठमाडौं आउँछ्, मेरै पालामापानी आउँछ, यसमाकुनै दुई मत छैन् ।’ प्रधानमन्त्री देउवाले समेत उक्त राष्ट्रिय गौरवको आयोजनाको अवलोकन गरेको उल्लेख गर्दै थपे, ‘उहाँले स्वयम् बजेटको कुनै अभाव हुँदैन भन्नुभएको छ, अबपानी काठमाडौं आउने भयो, आउनेभयो, आउनेभयो ।’

सुन तस्करीको बारेमा पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, ‘प्रधानमन्त्री देउवाको पालामा बरामद भएको छ, बरु प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिनुहोस् ।’ यद्यपी उनले सुन तस्करीमा संलग्नभएका जो कोहीलाई (नेता हुन वा कर्मचारी) कसैलाई पनि नछोड्ने चेतावनी दिए । उनले भने, ‘तस्करीमा संलग्न भएका व्यक्तिहरुलाई कारवाही हुन्छ ।’