काठमाडौं, २० भदौ । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी संसदीय चुनावमा गृहजिल्ला गोरखाबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
नेकपा माओवादी केन्द्रमा रहँदा गोरखामा नेपालकै सबैभन्दा बढी मत ल्याई संसद पदमा निर्वाचित बाबुरामले अहिले नयाँ शक्ति नेपाल पार्टीबाट प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका हुन् ।
सरकारले मंसिर १० र २१ मा गरी दुई चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरिसकेकाले बेला बाबुरामले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी थालेका छन् ।
सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै बाबुरामले आफ्नो जन्मथलो गोरखाबाटै चुनाव लड्ने योजना सार्वजनिक गरेका हुन् ।











प्रतिक्रिया