काठमाडौं, २० भदौ । न्यु समिट र जेभियर इन्टरनेसनल कलेजले आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । न्यु समिट ब्वाइज तथा जेभियर गर्ल्समा च्याम्पियन बने ।
बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु समिटले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७०–४९ ले पराजित ग-यो । न्यु समिटका विशाल मानन्धरले १८ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई ३२–२९ ले हरायो । जेभियरकी सुष्मा गौतमले १२ स्कोर गरिन् ।
ब्वाइजमा न्यु समिटका पविन राई तथा गर्ल्समा जेभियरकी गरिशा सिलवाल ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
विजेतालाई बर्नहार्टका अध्यक्ष भूपेश छत्कुली र प्रिन्सिपल नवराज अधिकारीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
भदौ १० गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २४ र गर्ल्समा ५ गरी २९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।















प्रतिक्रिया