१० मंसिर २०८३, बिहिबार

प्रहरीलाई अहिलेसम्मकै ठूलो सफलता: तस्करीको ८८ किलो सुन बरामद

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । काडमाडौंको क्षेत्रपाटीबाट प्रहरीले अहिलेसम्मकै ठूलो परिणाममा अबैध सुन बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा सोमबार बिहान करिव दुई बजे प्रहरीले ८८ किलो सुन बरामद गरेको हो । रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याइएको सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सवारी चालक मनोज अधिकारी हुन् ।

बा १७ च ६४२७ नम्बरको गाडीमा लुकाई ल्याएको अवस्थामा सुन पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले जानकारी दिए ।

यो अहिलेसम्म बरामद भएकोमध्ये सबैभन्दा धेरै परिणामको अबैध सुन हो ।