काठमाडौं, १८ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै पार्टीको संयन्त्र परिचालन गर्दा पनि अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङले २३ मतले मात्र बिजयी हासिल गरेका छन् । अखिल क्रान्तिकारीको अध्यक्षमा अनिल शर्माले जित्ने कुरामा देशभरबाट आएका विद्यार्थी ढुक्क थिए । तर पार्टी अध्यक्ष प्रचण्ड र बर्षमान पुन गृहमन्त्री जनार्दन शर्माको पार्टीमा बढ्दो प्रभावबाट आंत्तिएर उनका भाइ अनिल शर्मालाई अध्यक्ष हुन नदिन मोर्चा नै कसेर लागेको खुलासा भएको छ । पेरिसडांडा स्रोत भन्छ, अध्यक्ष दाहाल र पुन जनार्दन शर्माको बढ्दो प्रभाव रोक्नका लागि अनिल शर्मालाई क्रान्तिकारीको अध्यक्ष बन्न नदिने रणनीतिमा लागे । अनिल शर्मा रोक्नका लागि उनीहरुले उनको पक्षमा रहेका देशभरका विद्यार्थी इन्चार्जलाई भेट्दै ब्यक्तिपिच्छे प्रलोभन बा“ड्ने, आश्वासन दिने, सामदाम, दण्डभेद सबै शक्ति प्रयोग गर्ने काम गरे । अनिल शर्माको पक्षमा रहेका विद्यार्थी नेताहरु रातारात तामाङतिर लागे । अनिललाई अध्यक्षमा जिताउन खुलेर लागेका क्रान्तिकारीका नेता वीरेन्द्र बस्नेत २०७४ भदौ ९ गतेपछि ९० डिग्री परिवर्तन भई तामाङलाई जिताउनेतिर लागे ।
अनिलको प्यानलबाट महासचिवको दाबी गर्दैआएका बस्नेतले उपाध्यक्षमा उम्मेदवारी दिए । उपाध्यक्षमा पनि दाजु सुुरेन्द्र बस्नेतलाई समर्थन गर्दै फिर्ता लिए । माओवादीमा रामबहादुर थापा बादल र पम्फा भूसालसंग एकता प्रक्रियाबाट आएका विद्यार्थीहरुको निर्णायक मत छ । त्यो पंंक्ति जता लाग्यो, त्यसैले जित्ने अनुमान सबैको थियो । एकता प्रक्रियाबाट आएका बस्नेतलगायतका विद्यार्थी नेताहरु सुरुमा अनिल शर्मातिर थिए तर महाधिवेशन सुरु भएको २ दिनपछि ९ गते उक्त पंक्ति रंिजत तामाङतिर लाग्यो । यसरी अनिलको पक्षमा रहेको एकता प्रक्रियाबाट आएको शक्तिलाई तामाङको पक्षमा ल्याउने काम पार्टी अध्यक्ष दाहाल र बर्षमान पुन समूहले रातारात गरेका थिए । एकता प्रक्रियाबाट आएको शक्ति तामाङतिर ढल्किएपछि अनिल शर्मा रक्षात्मक अवस्थामा पुगिसकेका थिए । तर पनि उनी विद्यार्थीबीचमा अति नै लोकप्रिय भएको गृहमन्त्री शर्माको पनि प्रतिष्ठा गाँसिएका कारण उनले थोरै मतले जित्ने अपेक्षा गरिएको थियो । तर भदौ ९ देखि १३ को बीचमा पार्टी अध्यक्ष दाहालका पुत्र प्रकाश दाहाल र बर्षमान पुनले ब्यक्ति ब्यक्तिलाई फोन गर्दै तामाङलाई जिताउनका लागि सत्ताको दुरुपयोग गर्दै सम्पूर्ण शक्ति र परिचालित भए । अन्ततः २३ मतान्तरले उनले पराजित हुनुपरेको छ । पार्टी सत्ता पूरै लाग्दा पनि अनिलले २३ मतान्तरले मात्र हारेपछि पार्टीभित्र जनार्दनको प्रभाव रोक्न खोज्नेहरु थप आंत्तिएका छन् । क्रान्तिकारीमा अनिलले जित्दा जनार्दन थप बलशाली बन्ने सोचेर नै प्रचण्ड समूहले सत्ता र पार्टीको सम्पूर्ण शक्ति परिचालन गरेर उनलाई हराएको कुरा माओवादी केन्द्रका सबै नेताहरुले स्पष्ट बुझेका छन् । पार्टीमा बराबर उचाई बनाएका मोहन बैद्य, नेत्रविक्रम चन्ददेखि डा. बाबुराम भट्टराईलाई समेत पार्टीमा आफ्नो प्रतिस्पर्धामा आउने टिक्न नदिएका प्रचण्ड पछिल्ला दिनमा गृहमन्त्री शर्मालाई आफ्नो प्रतिस्पर्धी देख्न थालिसकेका छन् ।
कतै जनार्दन प्रधानमन्त्री वा पार्टीकै अध्यक्ष नै त हु“दैनन् भन्ने त्रासले प्रचण्डको मनमा घर गर्दै लगेको छ । त्यसैकारण उनले विद्यार्थी संगठनमा उनका भाइ अनिललाई हराउन साम दाम दण्ड भेद सबै प्रयोग गरेको माओवादी बृत्तमा जगजाहेर छ ।
ऊर्जामन्त्री हुदा लोडसेडिङ घटाएको र गृहमन्त्री भएपछि प्रहरीका सरुवा बढुवा एक महिनामै गरेर चर्चामा आएका शर्माको लोकप्रियताबाट अध्यक्ष दाहाल संशकित थिए नै अखिल क्रान्तिकारीको भदौ ७ को राष्ट्रिय सम्मेलन उद्घाटनमा आफ्नो भन्दा बढी सम्मान उनको भएको देखेर थप आत्तिन पुगेको खुलासा भएको छ । माओवादीका कार्यक्रममा अध्यक्ष दाहालको भन्दा बढी ताली प्रभाकरको समर्थनमा बज्न थालिसकेका छन् । भदौ ७ गते कीर्तिपुरमा भएको अखिल क्रान्तिकारीको सम्मेलन उद्घाटन सत्रमा अध्यक्ष दाहालको भन्दा चर्को ताली गृहमन्त्री शर्माले पाएपछि दाहाललाई ठूलो चोट पर्न गयो । शर्मा बोल्दा विद्यार्थीहरुले चर्को ताली बजाएर समर्थन गरेका थिए । तर अध्यक्ष दाहाल बोल्दा मन्त्री शर्माको जस्तो परर ताली बजेन । विद्यार्थीको सम्मेलनमा अध्यक्ष दाहालले शर्माको समर्थनमा आफ्नो भन्दा चर्को ताली बजेको कुरालाई अन्त्यन्त गम्भीरताका साथ लिएको उनको बडील्याङ्वेजबाट स्पष्ट अनुमान गर्न सकिन्थ्यो, सम्मेलनमा सहभागी क्रान्तिकारीका एक नेताले भने, जब शर्माको पक्षमा ताली पररर बज्थ्यो, अध्यक्ष दाहाल इर्ष्याको नजरले पुलुक्क उनीतिर हेर्थे ।
पार्टीमा शर्माको प्रभाव रोक्नका लागि अध्यक्ष दाहाललाई नेता बर्षमान पुनले समेत साथ दिएका छन् । पुन पनि शर्माको प्रभाव रोक्ने पक्षमा छन् । रुकुम र रोल्पाको इगो त छंदैछ । गृहमन्त्री शर्माले स्थानीय तहको निर्वाचनमा रुकुममा माओवादी कैन्द्रलाई मात्र जिताउन सफल भए । तर, बर्षमान पुनहरुको रोल्पामा सबै सीट जिताउन सकेनन् । यसले पनि गृहमन्त्री शर्मा पार्टीमा प्रभाव बढाउन एकपछि अर्को सफल हुँदै गए । यसरी प्रभाव बढाउदै लाने क्रममा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा पनि उनका भाइ अध्यक्षका सबैभन्दा बलिया उम्मेदवारका रुपमा देखिए । पार्टीमा एकपछि अर्को सफलता हासिल गर्दै गएका जनार्दनका भाइ अध्यक्ष भएपछि त झन् उनको प्रभाव थेग्नै नसक्ने देखेपछि ग्रान्ड डिजाइन तयार गरी एकता प्रक्रियाबाट आएकाहरुलाई पनि सबै हत्कण्डा प्रयोग गरी तामाङको पक्षमा ल्याइएको अखिल क्रान्तिकारीकै एक नेताले बताए । उनले भने, पार्टीको मूल नेतृत्वले अनिल शर्मालाई हराउन गर्न बाँकी केही राखेनन् । हरहालतमा अनिल हराउने मिसनमा उनीहरु लागे ।
मन्त्री शर्माका भाइ अनिल शर्मा क्रान्तिकारीको अध्यक्षमा सर्वसम्मत भइसकेका थिए । अध्यक्षका उम्मेदवार आरसी अधिकारी, मदन अर्याल, तिलक भण्डारी लगायत ५ जनाले शर्माको पक्षमा सहमति गरी उम्मेदवारी फिर्ता लिएका थिए । सहमतिका लागि बसेको बैठकमा नेता हितबहादुर तामाङले बर्षमान पुनमार्फत् तामाङलाई भन्ने हो भने उसले उम्मेदवारी फिर्ता लिन्छ, उपाध्यक्षमा मान्छ समेत भनेका थिए । तर फिर्ता लिन तयार रंजित तामाङलाई एक दिन छलफलको समय माग्न लगाइयो । त्यही एक दिनमा उनलाई अध्यक्षको बलियो उम्मेदवार बनाउने काम अध्यक्ष दाहालको चाहनामा बर्षमान पुनले गरेका थिए । अध्यक्ष दाहालकै चाहनामा तामाङलाई उम्मेदवार बनाइयो । र, २३ मतले उनले जिते । बर्षमान पुनकै घरमा बसेर तामाङलाई अध्यक्षमा जिताउने रणनीति तय गरिसकेपछि सहमतिमा हुन लागेको क्रान्तिकारीको नेतृत्व चयन चुनावबाट हुने निश्चित भएको थियो । – साँघु साप्ताहिक
















प्रतिक्रिया