४ कार्तिक २०८३, बुधबार

गभर्नरद्वारा सिटिजन्स बैंकको छहारा शाखा समुद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपालको बैंकिंग क्षेत्रमा पृथक पहिचान बनाउन सफल रहेको सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६० औं शाखा पाल्पाको छहरामा सञ्चालनमा ल्याएको छ ।

आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको बाहुलीबाट उद्घाटन गरी बैंकिंग कारोबारको सुरुवात गरिएको छ । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, ब्यापारी, नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

छहारा शाखाको बिधिवत समुद्घाटनसंगै सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहक महानुभावहरुलाई देशभरी फैलिएका यस बैंकको ६० वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

साथै आफ्नो ग्राहक वर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सविधाहरु तथा कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुबिधाहरु प्नि उपलब्ध गराउदै आएको छ ।

उक्त समारोहमा सामाजिक उतरदायीत्व कार्यक्रमअन्तर्गत बैंकले गभर्नर नेपालको बाहुलीबाट श्री भैरव नवदिप माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर र श्री महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।