
काठमाडौं, १८ भदौ । २ नं.प्रदेशको स्थानीय तह निर्वाचनका उम्मेदवारहरूबारे छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक आज पनि बस्ने भएको छ ।
भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा स्थायी समितिको बैठक बस्ने तयारी भएको हो ।
असोज २ गते २ नं. प्रदेशमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा एमालेबाट उम्मेदवार बन्नेहरूका विषयमा निर्णय गर्न शनिबार पनि स्थायी समितिको बैठक बसेको थियो ।











प्रतिक्रिया