४ कार्तिक २०८३, बुधबार

एमाले निकट कर्मचारीहरूको सहकारीको अध्यक्षमा निरौला निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले संंचालन गरेको राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लि. काठमाडौंको १०औं साधारण सभाले गोविन्दप्रसाद निरौलालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

शनिबार सम्पन्न साधारण सभाले उपाध्यक्षमा दावा शेर्पा, सचिव हेमकुमार तिमिल्सिना, कोषाध्यक्ष दिनेश लम्साललाई निर्वाचित गरेको छ ।

त्यसैगरी सदस्यहरुमा चमेली कार्की(पोखरेल), छिरिङ तामाङ, दीपकप्रसाद अधिकारी, प्रकाश शर्मा, युवराज शर्मा, रामचन्द्र सापकोटा, रामशरण थापा निर्वाचित भएका छन ।

त्यस्तै लेखा समिति संयोजकमा गणेशप्रसाद गुरागाइ, सदस्यमा बिकास भट्टराइ, तिला भट्टराइ निर्वाचित भएका छन ।

त्यस्तै ऋण उपसमितिमा गिरीराज भट्ट, हरिबहादुर रायमाझी, शिक्षा उपसमितिमा अमृतादेवी अधिकारी र सारदाप्रसाद निरौला रहेका छन ।