२ कार्तिक २०८३, सोमबार

‘प्रचण्डको लभले’ बाबुराम भट्टराई तनावमा ! यस्ता छन् थरी थरीका लभ

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । व्यंग्यात्मक शैलीमा प्रचण्डको आलोचना गर्दै बाबुराम भट्टराईले ट्वीटरमार्फत दिएको प्रतिक्रिया अहिले चर्चामा छ ।

बाबुरामले ट्वीटमा भनेका छन्– ‘चुनावको बेला मधेशसँग लभ ! सत्ताको निम्ति बाह्य शक्ति केन्द्रसँग लभ ! कमिसन निम्ति एनसेल–गेजुवा–चुडामणिसँग लभ ! कलियुगका कृष्णका लीला अपरम्पार छ !’

पछिल्लो समय माओवादी केन्द्रको नेतृत्व लिएर तराई झरेका छन् प्रचण्ड । अर्काे शब्दमा भन्दा माओवादी केन्द्रको कार्यालय नै तराईलाई बनाएका छन् । यसको पुष्टि शनिबार वीरगञ्जमा बसेको सचिवालय बैठकबाटै भइसकेको छ । तर, यो सबै के का लागि भन्दाखेरी असोज २ गते प्रदेश नम्बर दुईस्थित ८ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचन । निर्वाचन तयारीका लागि प्रचण्ड अहिले तराई, मधेसमा पाइण्टमा मर्निंग वाक भन्दै सार्वजनिक सडकमा दौडिरहेका पनि भेटिन्छन्। एकताका ‘मेरो मधेशसँग लभ परेको छ’ भन्ने प्रचण्डका गतिविधि चुनाव नजिकिदै गर्दा फेरि बढेपछि बाबुरामले व्यंग्यात्मक शैलीमा आलोचना गरेका हुन् ।

यस्तै, अहिले मधेसी जनता बाढी र डुबानको चपेटामा परेका बेला भोकै, नाङेगै, गाँसबास हरण भएका बेला प्रचण्ड १–२ सय किलो माला घाँटीमा बेरेर पीडित जनता समक्ष शान देखाएर विवेकहिन नेतृत्वको परिचय पनि दिइरहेका छन् । यसरी दोहोरो चरित्र देखाउँदा बाबुराम प्रचण्डप्रति आक्रोशित बनेका हुन् । हुनतः द्वैध चरित्र प्रचण्डको पुरानै विशेषता हो । एकैदिनमा फरक फरक अभिव्यक्ति दिनसक्ने प्रचण्डका लागि मधेसी जनता ‘वेवकुफ’ बनाउनु सामान्य हो ।

बाबुरामको ट्वीटका अनुसार सत्ताको निम्ति प्रचण्डको बाह्यशक्तिसँग पनि लभ पर्ने गरेको छ । यही आरोप एमालेबाट आउने गरेको छ प्रचण्डमाथि । जुन पछिल्लो सत्ता गठबन्धनबाट पनि देखिइसकेको छ ।

त्यस्तै, बाबुरामले भनेका छन्– प्रचण्डको अर्बौं रकमका लागि एनसेल, गेजुवा कम्पनी र चुडामणि शर्मासँग पनि लभ पर्दै आएको छ । पक्कै पनि बाबुरामको भनाई के त सत्यता होला वा नहोला त्यो आफ्नो ठाउँमा छ । तर, केही घटनाले यस्तो भएको हुनसक्छ भन्ने देखाउछ ।
प्रचण्ड प्रधानमन्त्री भएका बेला एनसेलले लाभकर वापत नतिरेको ३३ अर्ब रकम मिनाहा दिन मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगी बलजफ्ती निर्णय गराएपनि कर्मचारीले नमान्दा कार्यान्वयन हुन सकेन् । मुलुकको ढुकुटीमा आउनुपर्ने ३३ अर्ब रकम ठगी हुनबाट जोगियो । त्यसपछि एनसेलले ३३ अर्ब मध्येको १३ अर्ब रुपैयाँ सरकारलाई बुझाइसकेको छ ।

त्यसैगरी कालोसूचीमा रहेको चिनियाँ गेजुवा कम्पनीलाई बिना प्रतिस्पर्धा प्रचण्ड प्रधानमन्त्री भएकै बेला कालीगण्डकी जनविद्युत अयोजना बुझाइयो । बाबुरामले बेला बेला सार्वजनिक समारोह वा विज्ञप्तिमार्फत कालिगण्डकीबाट पनि प्रचण्डलाई करोडौं लाभ हासिल भएको ठोकुवा गर्ने गरेका छन् ।

यति मात्रै होइन भ्रष्ट शिरोमणी चुडामणी शर्मालाई गोडमेल गर्न र बचाउन पनि प्रचण्डको भुमिका रहेको बुझाई बाबुरामको रहेको छ । यसैले उनले भनेका छन्– प्रचण्डको चुडामणीसँग पनि लभ परेको छ । अनि बाबुरामले लेखेका छन्– कलियुगका कृष्णका लीला अपरम्पार छ ।