१० मंसिर २०८३, बिहिबार

धुमधामका साथ मनाइँदै बकर ईद (हेर्नुस् तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, १७ भदौ । मुस्लिम धर्मालम्बीहरुको विशेष पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइँदै छ । यसैक्रममा नेपालगञ्जका मुस्लिम समुदायले पनि धुमधामका साथ मनाइरहेका छन् ।

त्याग र बलिदानको पर्वका रुपमा स्थापीत बक्रईदमा मुस्लिमहरुले बली दिएर ईश्वरीय आशिर्वाद प्राप्त गर्दछन् । मुस्लिम हिजरीको सम्बत सुरुहुनुभन्दा पहिले नै अल्लाहका दुत ईब्राहिम अलहिदलाई सपनामा आफ्नो छोराको बलि मागेको र अल्लाहको आदेश भन्दै अलहिदले छोराको बलिदिन तैयार हुंदा अल्लाहले छोरालाई हटाई त्यस स्थानमा भेंडा राखी दिएको भन्ने किम्बदन्ती रहेको छ ।

त्यसै दिनको सम्झनामा बिश्वभरीका मुसलमानहरुले भेंडा, खसी, राङ्घाको बलि दिएर बक्रईद मनाउने गर्दछन् । हरेक मुसलमानहरुले आफू सक्दो कुर्बानि दिनै पर्ने ब्यवस्था गरेको छ । कुर्बानी दिएको मासुलाई ३ भाग लगाउने र त्यस मध्य १ भाग छिमेकीलाई १ भाग गरिब असाहयलाई र १ भाग आफुले खाने चलन रहेको पूर्व केन्द्रिय हज कमिटिका अध्यक्ष मौलाना अब्दुल जवार मन्जरीले बताउनुभयो ।

ईदगाहाको नामज पढेर आफ्नो घर नजिकैको मज्दिज वा घरमै बलि दिएर मुस्लिमहरुले बक्रईद मनाउने गर्दछन् । बिहानै देखी नेपालगन्जको मज्दिजमा ठूलो संख्यामा मुस्लिमहरुको उपस्थिती देखीएको थियो ।