बेँसीशहर, १७ भदौ । लमजुङ जिल्लाका लेकाली क्षेत्रका किसान अलैँंची टिप्न थालेका छन् ।
सातसय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न शुरु गरिएको अलैँची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो ।
उचाइ अनुसार फरक/फरक समयमा अलैँची पाक्ने हुँदा सो भन्दामाथि लगाइएको अलैँची असोज लागेपछि मात्रै टिप्न शुरु गरिने उहाँले बताउनुभयो ।
अलैँची पाकेपछि किसान टिप्न, छोडाउन र सुकाउन व्यस्त रहेका भुलभुलेका कमलबहादुर खत्रीले बताउनुभयो । दिनभरि टिप्ने, राति छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा किसानलाई अहिले फुर्सद नभएको खत्री बताउनुहुन्छ ।
भूलभूलेसहित बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखामा व्यावसायिक अलैँचीखेती गरिएको छ ।
पछिल्लो समय कृषकले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अलँैची जोन कार्यक्षेत्र प्रस्ताव गरिएको हो । रासस















प्रतिक्रिया