१ कार्तिक २०८३, आइतबार

एनआरएनए बेल्जियमको अध्यक्षमा दाहालको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम । एनआरएनए बेल्जियमको आगामी नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षमा वर्तमान महासचिव लोक दाहालले उम्मेदवारी दिने भएका छन् ।

अधिबेशन नजिकदैं गर्दा बेल्जियममा चुनावी सरगर्मी बढेको छ । लामो समयदेखि बेल्जियमलाई आफ्नो कर्मथलो बनाउँदै आएका दाहाल सफल व्यवसायीका रुपमा चिनिन्छन् ।

महासचिव हुँदा निकै लोकप्रिय काम गरेका उनले आगामी २ वर्षको कार्यकालका लागि उम्मेदवारी दिएका हुन् ।

बेल्जियमको आन्तोर्पेनलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका दाहाल सन १९९९ देखि बेल्जियममा व्यवसायसंगै सामाजिककार्यमा पनि सक्रिय रहँदै आएका छन् ।

जनप्रगतिशील मञ्चको वरिष्ठ उपाध्यक्षसमेत रहेका दाहाल सन २०१३ देखि २०१५ सम्म नेपाली ब्यवसायी संघ बेल्जियमको महासचिव रहेर काम गरेका थिए ।