जर्मनी । गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा यज्ञराज सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् । बिहिबार राति ढिलोगरि जर्मनीमा भएको उम्मेदवारहरुको दाबी र निर्वाचन समितिमा नाम दर्ताबारे बैधानिकता हेर्दा उनी सर्वसम्मत देखिएका हुन् ।
एनआरएनए जर्मनीको विधान, निर्वाचन निर्देशिका र प्रचलित निर्वाचन प्रकिया अनुसार एक व्यक्ती एक भन्दा बढी उम्मेदवारका लागि प्रस्ताव बन्न सक्दैन् । त्यस्तै, कुनै उम्मेदवारको समर्थक अनि उम्मेदवारपनि अरु कसैको प्रस्तावक र समर्थक बस्न नमिल्ने ब्यवस्था छ ।
यहि बिधान र निर्वाचन निर्देशिकालाई बेवास्ता गर्दै एनआरएनए जर्मनीको अध्यक्ष पदका लागि उम्मेदवार बनेका चार जनामध्ये यज्ञराज सुबेदीको पक्षमा मात्रै निर्वाचन आचारसंहिता र निर्देशिका अनुरुप उम्मेदवारी सदर भएपछि उनी सर्वसम्मत बनेका हुन् । बाँकी तिन उमेदवारहरुका प्रस्तावक र समर्थक एक भन्दा बढी उमेदवारका पक्षमा समर्थक वा प्रस्तावक देखिदा उनीहरुको उम्मेदवारी नै अयोग्य ठहरियो ।
यहि व्यवस्थाअनुसार एनआरएनए जर्मनीको आइसिसी सदस्यमा नारायण अधिकारी बाहेक अन्य सबैको उम्मेदवारी रद्ध भएकोले उनी स्वतः आइसिसी सदस्यमा निर्वाचित भएका छन् ।
स्रोतका अनुसार निर्वाचन आचार संहिता र निर्देशिकाका साथै बिधानत आइसिसीमा नारायण अधिकारी र अध्यक्षमा यज्ञराज सुवेदी सर्वसम्मत चुनिएपनि दुबैलाई औपचारिक रुपमा निर्वाचित घोषणा गरिसकिएको छैन ।
अध्यक्ष र आइसिसी सदस्य सर्वसम्मत भएपनि अन्य केहि पदहरुमा निर्वाचन हुन बाँकि रहेको र बाँकी सबै पदमा सेप्टेम्बर १० मा निर्वाचन हुनेछ ।















प्रतिक्रिया