काठमाडौं, १६ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा आज रुपन्देहीको बोधी रेडसन होटलमा सम्पन्न भएको छ ।
एनसीसी बैंक र चारवटा विकास बैंकहरु मर्जर भई २०७३ पुस १७ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको बैंकले आव २०७२/०७३ को सबै संस्थाहरुको वित्तीय विवरण पारित गरेको छ ।
त्यसैगरी ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेकोले नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउन बैंकले तत्कालै हकप्रद शेयर जारीको प्रक्रिया अगाडि बढाउने जानकारी गराएको छ ।















प्रतिक्रिया