१० मंसिर २०८३, बिहिबार

कांग्रेसले २ नं. प्रदेशमा आज टिकट वितरण गर्ने, टिकटमा निधि हाबी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसले २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूका बारेमा आज सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रमुख नेताहरूबीच उम्मेदवारहरूका विषयमा सहमति जुटाएको कांग्रेसले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग परामर्श गरेर टिकट वितरण गर्नेछ ।

टिकट वितरणका लागि सूची सार्वजनिक गर्न कांग्रेसका नेताहरूको बैठक बस्दैछ ।

टिकट वितरणमा देउवा निकट मानिनु हुने नेता विमलेन्द्र निधि हाबी भएको आरोप लागेको छ । निधिले आफ्ना नेताहरूलाई मात्रै टिकट वितरणका लागि सूची तयार पारेको एक नेताले बताए ।

असोज २ गते २ नं. प्रदेशमा स्थानीय तहको निर्वाचन हुँदैछ । कांग्रेसले २ नं. प्रदेशमा एक नम्बर पार्टी बन्ने दावी गर्दै आएको छ ।