१० मंसिर २०८३, बिहिबार

प्रधानमन्त्रीबाटै आचारसंहिता उल्लंघन, एमालेले भन्यो- हाम्रा नेताको टोपी देख्ने, प्रमको नदेख्ने ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाबाटै आचारसंहिता उल्लंघन भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगको निष्पक्षमाथि प्रश्न उठाएको छ ।

आयोगले बुधबार रातिबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता लागू गरेकै भोलिपल्ट विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता विपरित कञ्चनपुर पुगेर महाकाली नदीको पुल शिलान्यास गरेपछि एमालेले आपत्ति जनाएको हो ।

निर्वाचन आचारसंहिता लागू भएपछि प्रधानमन्त्री र मन्त्रीले पूर्वनिर्धारित वा निर्धारित कार्यक्रम उद्घाटन र शिलान्यास गर्न नपाइने प्रावधान छ । तर, प्रम देउवाले यसलाई लत्याउँदै पुल शिलान्यास गरेपछि एमाले निर्वाचन आयोगप्रति आक्रोशित बनेको हो ।

एमालेले आफ्ना नेताले चुनाव प्रचार प्रसार गर्दा आचारसंहित उल्लंघन भएको देख्ने र स्पष्टिकरण सोध्ने तर देउवाले पुल नै शिलान्यास गर्दा केही नबोल्ने भन्दै निर्वाचन आयोगमाथि प्रश्न उठाएको छ ।

एमाले सचिव योगेश भट्टराईले एमाले नेता माधवकुमार नेपालले चुनाव प्रचारका बेला वीरगञ्जमा टोपी लगाएको देख्ने निर्वाचन आयोग प्रधानमन्त्रीले पुल शिलान्यास गरेको पनि नदेख्नु आयोगमाथि निष्पक्षमाथि प्रश्न उठेको टिप्पणी गरे ।

यसअघि बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग एमालेका लागि मात्र होकि सरकार र राजपासँग किन बोल्न सकिरहेको छैन भनेर प्रश्न गरेका थिए ।