२ कार्तिक २०८३, सोमबार

विमलेन्द्र निधिले ‘बोरा’मा पैसा ल्याएको एमाले नेताको दाबी

34.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । एमालेका नेता राजेन्द्र पाण्डेले एमालेलाई मधेस प्रवेशमा रोक लगाएर राष्ट्रिय जनता पार्टीले ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले एमालेविरुद्ध राजपा नेपालका शीर्ष नेताहरूले कार्यकर्ता उचाली रहेको आरोप लगाउनुभयो ।

‘महन्थ ठकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेता को कहाँ बस्छ हामीलाई पनि थाहा छ’, उहाँले चेतावनी शैलीमा भन्नुभयो, ‘हामीलाई आक्रमण गर्नेलाई हामीले पनि आक्रमण गर्ने आदेश दिन सक्छौँ । तर, एमालेले त्यस्तो कदापि गर्दैन ।’

एमाले नेता पाण्डेले आफूहरू सधै मधेस र मधेसी जनताको पक्षमा रहेको बताउनुभयो । ‘हामीलाई मधेस विरोधी देखाउन खोजेका छन्’, उहाँले भन्नुभयो ।

नेता पाण्डेले कांग्रेस नेता विमलेन्द्र निधिले एमालेलाई हराउन बोराबाट पैसा ल्याएको आरोप लगाउनुभएको छ ।

‘विमलेन्द्र निधिजीले बोरामा पैसा लिएर एमाले सिध्याउने पटक–पटक भन्नुभएको छ’, उहाँले भन्नुभयो, ‘हामी पनि हेर्ने छौँ । पैसाको बोराले कसरी जितिदो रहेछ ।’