काठमाडौं, १४ भदौ । नेपाल इस्फ्रास्ट्रक्चर बैंक स्थापनाका लागि निवेदन दर्ता गरिएको छ ।
राष्ट्रको पूर्वाधार विकास गर्नका लागि नेपाल सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुप अनुरुप यस आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरेअनुसार नै आज प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष डा. विमल कोइरालाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको समुपस्थितिमा प्रस्तावित बैंकको आवश्यक कागजातहरु हस्तान्तरण गरी विधिवत रुपमा बैंक स्थापना गर्नका लागि निवेदन दर्ता गरिएको हो ।
बैंकको चुक्तापुँजी २० अर्ब रहेको छ । बैंकमा नेपाल सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समूहमा ४० प्रतिशत शेयर रहेको छ । हाल संस्थापक समूहमा विभिन्न बैंक तथा बिमा कम्पनीहरु ल्गायत प्रतिष्ठित उद्योगी व्यापारीहरुको संलग्नता रहेको छ । विदेशी बैंक तथा वित्तिय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापनाको निवेदन दर्ता गरिएको छ ।
प्रस्तावित बैंकको सञ्चालक समितिमा नेपाल सरकार समेतको प्रतिनिधि सहित ७ जना सञ्चालक रहने व्यवस्था मिलाइएको छ । प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर बैंकले देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्र्नेे, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिइ पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य रहेको छ ।
















प्रतिक्रिया