१० मंसिर २०८३, बिहिबार

प्रदेश र केन्द्रको चुनाव दुई चरणमा गर्ने निर्णयमा एमालेको असहमति, ओलीले के भने ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयमा असहमति जनाएको छ ।

थाइल्याण्डमा उपचार सकेर स्वदेश फर्किने क्रममा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० भित्र एकैचरणमा चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव विपरित दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयमा आफूहरुले असहमति रहेको बताए ।

‘हामीले मंसिर ४ गते नै दुबै निर्वाचन एकैदिन हुनुपर्छ भनेका थियौं । निर्वाचन आयोगले १० गतेभित्र हुनसक्छ भनेको थियो । तर, सरकारले दुई चरणमा गर्ने भनेर मंसिर २१ मा पुर्याएछ, यसमा हाम्रो असहमति छ,’ उनले भने– ‘निर्वाचन एकै चरणमा हुनुपर्छ । मतपेटिकाको सुरक्षाको सवाल छ । यति लामो ग्याप के का लागि ?’

नेता ओलीले निर्वाचन निष्पक्ष ढंगबाट हुनुपर्नेमा जोड समेत दिए ।

आज विहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ ।

यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी मंसिर १० गतेका लागि मिति तोकेको थियो ।