२ कार्तिक २०८३, सोमबार

मैत्रीपूर्ण भलिबलः बंगलादेशमाथि नेपालको ३–१ सेटको सानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण भलिबलमा खेलमा नेपाल विजयी भएको छ । दुई मैत्रीपूर्ण भलिबल खेलका लागि नेपाल आएको पाहुना टोली बंगलादेशलाई पहिलो खेलमा नेपालले ३–१ ले पराजित गरेको हो ।

लगनखेलस्थित आर्मीको कभर्ड हलमा भएको खेलमा पहिलो सेटमा पराजित भए पनि नेपालले उत्कृष्ट ‘कमब्याक’ गर्दै खेल आफ्नो पक्षमा पा-यो । पहिलो सेटमा नेपाल बंगलादेशसंग २५–२७ ले पराजित भएको थियो ।

पुनरागमन गर्ने क्रममा दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१६ ले सहज रूपमा आफ्नो पक्षमा पारेको नेपालले अन्तिम सेटमा भने कडा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै ३–१ को जित हासिल गरेको हो ।

यसअघि चार पटक आमनेसामने भएका यी दुईमा तीनपटक नेपाल र एकपटक बंगलादेश विजयी भएको प्रशिक्षक (रेफ्री) जगदिश भट्टले जानकारी दिए । यी दुईबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (बुधबार) लगनखेलमा नै हुँदैछ ।