काठमाडौँ, १३ भदौ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारले आगामी असोज २ मा हुने निर्वाचन आचारसंहिता पालना गरे/नगरेको विषयमा अनुगमनलाई चुस्त तुल्याउने भएको छ ।
निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन चिह्नअंकित टोपी लगाई प्रचारप्रसारमा संलग्न भएको जनाउँदै आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको छ ।
प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघनका सूचना प्राप्त भइरहेको छ । अघिल्ला दुई चरणको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटनामा संलग्न राजनीतिक दल र उम्मेदवारलाई आवश्यक कारवाही गर्न नसकेको गुनासो आएकामा यस पटक भने आयोगले उल्लंघनका घटनामा संलग्नलाई छुट नदिने नीति अवलम्बन गरेको छ ।
यसैबीच निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन चिह्नअंकित टोपी लगाई प्रचारप्रसारमा संलग्न भएको जनाउँदै आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा वीरगञ्जमा सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता तथा कार्यकर्ताले पार्टीको निर्वाचन चिह्नअंकित टोपी लगाएको जानकारी प्राप्त भएको जनाउँदै प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले सो निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहको नेतृत्वमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ मा करिब १०० मोटरसाइकलमा झण्डै २०० जनाले पार्टीको प्रचारप्रसार ¥याली निकाली निर्वाचन आचारसंहिता उलंघन गरेको भन्ने उजुरी प्राप्त भएको जनाउँदै आयोगले सो विषयमा कारबाही गर्नुपर्ने हो कि होइन भनी २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
त्यस्तै सिरहा जिल्लाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वास्थित बुद्धचोकबाट नेकपा (एमाले) का प्रस्तावित प्रमुख पदका उम्मेदवार श्याम श्रेष्ठले करिब १०० मोटरसाइकल, चार ट्«याक्टर, पाँच स्कारपियो गाडीसमेत गरी झण्डै साढे दुई सय जनाको ¥याली निकालेको जनाउँदै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
राजपालाई सचेत
आयोगले स्वतन्त्र रुपमा निर्वाचन प्रचारप्रसार गर्न पाउने अधिकारको सम्मान गर्न र आइन्दा कुनै राजनीतिक दलविरुद्ध लक्षित विरोधका कार्यक्रम नगर्न राजपालाई सचेत गराएको छ ।
स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका क्रममा जनकपुरमा पुग्नुभएका एमालेका नेपालविरुद्ध लक्षित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले राजपालाई सचेत गराउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
विरोधको कार्यमा राजपाका कार्यकर्ता संलग्न रहेको पाइएकाले आयोगले यस्ता क्रियाकलाप नदोहो¥याउन उक्त पार्टीलाई निर्देशन दिएको छ । जनकपु्रमा नेता नेपालमाथि राजपाका कार्यकर्ताले सोमबार कालो झण्डा देखाउनाका साथै ढुंगा प्रहारसम्मका गतिविधि गरेका थिए । रासस
















प्रतिक्रिया