
काठमाडौँ, १३ भदौ । काठमाडौँमा जारी नाडा अटो शोमा गाडी किन्न चाहनेहरुलाई एनआईसी एशिया बैंकले विशेष अफर ल्याएको छ ।
गाडी किन्न चाहनेलाई सहज होस् भन्ने हेतुले एनआइसी एशिया बैंकले ‘अन द स्पट फाइनान्सिङ (तुरुन्तै कर्जा स्वीकृत)’ सुविधा ल्याएको हो । मंगलबारबाट भृकुटीमण्डपमा सुरु भएको नाडा शोमा बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरिद गरिने गाडीमा ७ वर्ष अवधिसम्मको लागि आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने भएको छ । साथै, ग्राहकहरुले अधिकतम लाभ लिन सकुन भन्ने उद्देश्यले कर्र्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क नलिने व्यबस्था गरिएको एनआइसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानले जानकारी दिए ।
सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेका अनुसार, नाडा अटो शो २०१७ मार्फत सवारी साधन कर्जाका लागि आवेदन दिने ग्राहकलाई बैंकले निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने व्यवस्था समेत रहेको छ । बैंकले यो सुविधा नाडा अटो शोको स्टल र देशभरका १२० शाखाहरु मध्ये जुनसुकैै शाखाबाट लिन सकिने जनाएको छ ।















प्रतिक्रिया