२ कार्तिक २०८३, सोमबार

के नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्न लागेका हुन् ? यस्तो छ स्पष्टिकरण

25.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफू एमालेमा प्रवेश गर्न लागेको खबर आएपछि स्पष्टिकरण दिएका छन् ।

आफू एमालेमा प्रवेश गर्न लागेको कुरा कपोल्कल्पित रहेको स्पष्ट पार्दै नेता श्रेष्ठले भ्रमणमा नपर्न सबैमा अनुरोध गरेका छन् ।

एमाले प्रवेश गर्न लागेको भनेर आफ्नो बारेमा समाचार आएपछि नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत मंगलबार दिउँसो भनेका छन्– ‘म एमाले पार्टीमा प्रबेश गर्दैछु भनी एउटा अनलाइन मेडियामा प्रसारित समाचार सतप्रतिशत गलत र कपोल्कल्पित भएकाले कुनै भ्रममा नपर्न अनुरोध गर्दछु ।’