१० मंसिर २०८३, बिहिबार

‘म अमेरिकन नागरिक होइन’

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । अमेरिकाको वेस्टर्न मेशिगन युनिभर्सिटीका प्रध्यापक डा. महेन्द्र सुन्दर लावतीले आफू नेपाली नागरिक रहेको बताएका छन् ।

उनले आफ्नो इज्जत र प्रतिष्ठानमा आँच पुर्‍याउने गरी समाचार प्रकाशित भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । ‘दैनिक नेपाल डटकमले गत साउन २४ गते मेरो इज्जत र प्रतिष्ठामा आँच पुर्‍याउने कुत्सितमनसायले समाचार प्रकाशन गरेकोमा मेरो गम्भिर आपत्ति रहेको छ’, लावतीद्वारा पठाइएको खण्डनमा भनिएको छ ।

समाचारमा उल्लेख भएअनुसार उनले पाँचथर जिल्लामा रहेको घर आफ्नो रहेको भन्दै सो विषयलाई तोडमोड गरेर प्रकाशित गरिएको दाबी गरेका छन् ।

डा.लावतीले पाँचथर जिल्लास्थित गडीमा रहेको घरमा तोडफोड गर्नुका साथै होहल्ला गरेको अभियोगमा प्रहरी समक्ष उजुरी परेको थियो । प्रहरीले घटना भएको रातभरि प्रहरी टोली पठाइ शान्ति सुरक्षा समेत दिएको थियो ।