१० मंसिर २०८३, बिहिबार

मधेसमा एमाले एक्लै चुनाव लड्छ, कोहीसँग पनि तालमेल गर्दैनौंः नेता पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले आफ्नो पार्टी एक्लै चुनावी मैदानमा उत्रिन सक्षम रहेको स्पष्ट पारेका छन् ।

अरु चुनावजस्तै प्रदेश नम्बर २ को चुनावमा पनि कुनै दलसँग तालमेल गर्ने पक्षमा एमाले नभएको उनले स्पष्ट पारे । उनले भने, ‘जो जो मिलेर आएपनि हुन्छ । जनता एमालेका पक्षमा छन । जस्तो सुकै गठबन्धन बनाएपनि मधेसका जनताले तिनीहरुलाई पराजित गर्दिन्छन ।’

रिपोर्टस क्बलमा आयोजित साक्षात्कारमा उनले थपे, ‘एमाले कोहीसँग पनि तालमेलको पक्षमा छैन । मधेसमा एमाले मात्रै एक्लै लडन तयार छ ।’

‘देउवाको भ्रमणले देशको बेइज्जत, शिर नहुर्याउने काम गरे’

पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले इतिहासमै सबैभन्दा मुलुकको बेईज्जत गरेको दावी गर्दै यसले राष्ट्रको शिर निहुर्याएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीले देशको आन्तरिक मामिलामा बोलेर भारतलाई फेरि पनि हस्तक्षेपको बाटो खुलाएको दावी गरे । यद्यपी उनले एमाले भारत विरोधी नभएको र भारतसँग समताको आधारमा घनिष्ट सम्बन्ध बनाउने पक्षमा रहेको स्पष्ट पारे ।