१० मंसिर २०८३, बिहिबार

स्वदेश फर्केका प्रधानमन्त्री देउवाले एयरपोर्टमा के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका छन् ।

भारतको पाँच दिने औपचारिक भ्रमण सकेर आइतबार राति स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै आफ्नो भ्रमण सफल भएको दाबी गरेका हुन् । देउवा राति साँढे आठ बजे नेपाल एयरलाइन्सको जहाजबाट स्वदेश फर्केका हुन् ।

प्रधानमन्त्री देउवा गत बुधबार ४८ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत पुगेका थिए । भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले फेरि संविधान सविधान संशोधन गर्न प्रयास गर्ने भनी दिएको अभिव्यक्ति विवादास्पद बनेको छ । यसैगरी, कोशी उच्च बाँध बनाउने सहमति पनि विवादको घेरामा छ ।