१ कार्तिक २०८३, आइतबार

एनआरएन स्वीसको महासचिवमा फणिन्द्र पन्तको उम्मेदवारी (घोषणा पत्रसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्विटजरल्यान्ड । गैर आवासीय नेपाली संघ स्विटजरल्यान्डको आगामी सेप्टेम्बर ३ तारिखका दिन हुन गैरहेको अधिबेसनमा महासचिब पदमा फणिन्द्र पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तो छ पन्तको घोषणापत्रः

स्विट्जरल्याण्डमा रहनु हुने सम्पूर्ण आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरू , नेपालीहरूसँग आबद्द रहनु हुने अन्य व्यक्तित्वहरू, संघ संस्थाहरू तथा संचार माध्यमहरूमा म फणिन्द्र पन्तको तर्फबाट हार्दिक नमस्कार ।

नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रका साथ सशक्त र प्रभावकारी रूपमा, नेपाल र नेपालीको हितमा अघि बढ्दै गरेको यो हाम्रो गैरआवासीय संघलाई अझ परिमार्जीत, परिस्कृत र व्यवस्थित ढंगले संस्थागत गर्नको निमित्त छिटै नै नँया नेतृत्वको चयन हुन् गइरहेको त याहाँहरू सबैलाई अवगत नै छ । यस हाम्रो छाता संगठनलाई अझै सुसंगठीत,सबैको भावनालाई कदर गरी हर क्षेत्रमा सबल र सक्षम बनाउन तथा समय सापेक्ष रूपान्तरण गर्नको निमित्त साचैनै योग्य र कुशल नेतृत्व बर्गको आवश्यक देखिन्छ । त्यसै अनुरूप बिगतका केही वर्ष देखि बटुलेका सामाजीक कार्यको अनुभवले गैर आवासिय संघ स्विट्जरल्याण्डको आगामी कार्यकाल (२०१८ – २०१९) को लागि म आफूलाई योग्य ठानी महास चिव पदमा उम्मेद्वारी घोषित गरेको याहाँहरू समक्ष जानकारी गराउन चाहन्छु ।

म तपाईंहरू माझ थोर बहुत चीरपरिचित भएको महसुस हुदाँ हुदै पनि आफ्नो छोटो परिचय राख्न चाहन्छु । म बिगतका केहि दशकदेखी मेरा २ छोरा र श्रीमती सहित बेर्न सहरमा बसोबास गर्दै आएको छु ।

सामाजिक कार्य: नेपाली सरोकार मंच बेर्न ( नेस्कोफ) को स्थापनाकाल ( २००८ देखि २०१० सम्म ) कोषाध्यक्ष पदमा रही कार्यभार सम्हालेको तथा गैर आवासिय संघ स्विट्जरल्याण्डको (२०१४-१५ ) को कार्यकालमा सदस्य पदमा रही जिम्मेवारी सम्हालेको र २०१६-२०१७ को सचिब पदमा रही काम गरेको ।

हामी मानिस सामाजिक प्राणी, समाजमा बस्न रूचाउनुका साथै मानिस र समाज बिच नङ र मासुको जस्तै सम्बन्ध भएको हुँदा म पनि हृदय देखि नै सामाजिक कार्यमा संलग्न रही आफुले जानेको योगदान दिन चाहन्छु । मलाई यसमा आत्मीय विश्वास छ कि तपाईंहरूको माझमा रही, तपाईंहरूको सल्लाह, सुझाब र साथमा मेरो यो हौसलालाई अझ प्रगाढ र अग्रसर बनाउन सहयोग गर्नेछ ।

-आवश्यकिय कदमहरू हो यो मानब सागर बन्नलाई तपाईं, म र हामि सबैको खाँचो छ । त्यसैले म तपाईहरू सबैलाई भित्रि हृदय देखि नै विन्ती गर्छु कि आउनोस हामि सबै मिलौ, मिलेर हातमा हात राखी, काँधमा काँध राखी कार्य गरौँ । जस्ले हाम्रो मात्र नभई नयाँ पिढिको सहित उज्वल भविस्यको बाटो देखाउँछ । र हामि नेपालि समाझमा मात्र नभई यस मानव जगतमै एउटा महत्वपुर्ण भूमिका खेल्न सक्छ ।

त्यसैले फेरी पनि हरपल याहाँहरूको सल्लाह, सुझाब र साथको अपेक्षा गर्दै म याहाँहरू प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।