४ कार्तिक २०८३, बुधबार

कार पारखीको लागि सुजुकीले ल्यायो आकर्षक कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । सुजुकीका कारको नेपालकालागिआधिकारिक विक्रेता सीजीमोटोकर्पले आफ्नो बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन सार्वजनिक गरेको छ ।

हियरटेक च्यासिस प्ल्याटफर्ममाआधारिट भइनिर्माण गरिएकाले कारको वजन हल्का भएको छ तथा पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमायात्रागर्नेका लागिभने अझ सुरक्षित भएको कम्पनीले बताएको छ । सुरक्षामा विशेष ध्यान दिइ निर्माण गरिएको कारका सबै भ्यारियण्टमा डुअल एयरब्याथ र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गरिएको छ । कारको बाहिरी सजावत पूर्ण रुपले परिमार्जन गरिएको छ ।

यसले गर्दा कारलाई आफ्नो श्रेणीकै सर्वाधिक स्टाइलिस लुक्स प्राप्तभएको छ । पछिल्लो संस्करणका तुलनामानयाँ कारको चौडाइ ४० एमएम फराकिलो रहेको छ । साथै, कारमालामो ह्विल बेसको प्रयोग गरिएको छ । यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायीबनाएको कम्पनीको दावी छ । कारको उपयोगितामाथप बढावा दिने सोचका साथयसको बुट स्पेशपनिथप बढाएर ३ सय ७८ लिटर बनाइएको छ ।

कारमा प्रिमियम सेडानमा झैँ किलेस एण्ट्रिज, डीआरएल, रियर भेण्ट सहितको स्वचालित एसी, डायमण्ट कट अलोइ लगायत अत्याधुनिक सुविधापनि उपलब्ध गरिएका छन् । साथै,कारमा एण्ड्रोइड अटोमा आधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली (भारतियनिर्मित कारमै पहिलो) र ठूलो टच स्क्रिन प्रणाली मार्फत एप्पल कार प्लेको सुविधा पनि उपलब्ध गरिएको छ । कारलाई पूर्ण परिक्षण गरी सफलता हात पारिसकेको के १४ ईञ्जिनले शक्तिप्रदान गर्छ । के१२ ईञ्जिन विशेष गरी शक्ति र २२ किलोमिटर प्रति लिटर माइलेज दिने ईञ्जिनका रुपमा परिचित छ ।