१० मंसिर २०८३, बिहिबार

दल खारेजको माग गर्दै गणेश थापा पुगे सर्वोच्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । पार्टी विभाजनसँग आत्तिएका राप्रपा अध्यक्ष कमल थापाले पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन आयोगले राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)लाई बिना आधार दल दर्ताको प्रमाणपत्र दिएको भन्दै थापाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

थापाले राणाको पार्टी खारेज गर्ने मागसहित सर्वोच्चमा रिट दर्ता गरेपछि सो रिटको सोमबार पेशी तोकिएको छ ।

आयोगले पार्टी विभाजन हुँदा चाहिने आवाश्यक केन्द्रीय सदस्य संख्या नै नपुगी राप्रपा (प्रजातान्त्रिक)लाई दल दर्ताको प्रमाणपत्र दिएको आरोप थापा समुहले लगाएको छ ।

यद्यपि, राप्रपा (प्रजातान्त्रिक)लाई आयोगले सबै प्रमाण पुगेको भनेर दर्ता गरेर प्रमाणपत्र समेत दिइसकेको छ ।

अध्यक्ष थापाको तर्फबाट मुद्दा दायर गर्न गणेश थापा, सुशील श्रेष्ठ लगायतका अधिवक्ताहरू सर्वोच्च पुगेका थिए । गणेश थापा कमल थापाका भाइ हुन् । उनै गणेश थापालाई केन्द्रीय सदस्य र सांसदहरूलाई धम्की दिएर हेटौँडा लगेको आरोप छ ।

राणा समूहमा ७३ जना केन्द्रीय सदस्य पुगिसकेको दाबी छ । सांसदहरू १९ जना रहेको र अरु आउने क्रममा रहेको राणा समूहको भनाइ छ ।