काठमाडौं, ११ भदौ । युवा संघ नेपालले हालै नेपाल र भारतबीच सप्तकोशीमा उच्च बाँध बनाउनेगरी भएको सहमतिको भण्डाफोर गर्ने भएको छ ।
इटहरीमा आजदेखि सुरु भएको युवा संघ नेपाल एक नम्बर प्रदेश कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख परशुराम बस्नेतले सम्झौताको भण्डाफोर गर्ने घोषणा गरेका हुन् ।
‘कोशी उच्च बाँध बनाउने जस्तो राष्ट्रघाति सम्झौता स्वीकार्य छैन,’ बस्नेतले भने– ‘युवा संघ नेपाल प्रदेश कमिटी, प्रदेश नं १ यसको भण्डाफोर गर्दछ ।’
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ४३ वर्षअघि राजा महेन्द्रले अस्वीकार गरेको सप्तकोशी उच्च बाँध बनाउने सहमति भारतसँग गरेका छन् । यो बाँध बने नेपालको तराईका ७५ हजार घरधुरी विस्थापित हुनेछन् ।













प्रतिक्रिया