१ कार्तिक २०८३, आइतबार

ओमानबाट बाढी पीडितलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– पशुपति जिसी

मस्कट, ओमान । प्रवासी नेपाली मञ्च ओमानले नेपालमा आएको अविरल वर्षाका कारण प्रभावितहरुलाई आपतकालिन राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।

बिज्ञप्ति जारी गर्दै उ सम्बद्ध जन संगठन हरु लाई तत्काल बाढी पिडितको राहत तथा उद्दारमा जुटनको लागि निर्देश गरे लगत्तै प्रवासमा रहेको नेकपा एमाले को प्रवास संगठन पनि बाढी पीडितहरुको सहयोग का लागि जुटेको थियो ।

प्रवासी नेपाली मञ्च ओमान ले तत्काल मञ्चका सचिब रन्जित आचार्यको संयोजकत्वमा बाढी पिडित हरुको सहयोगमा जुटनको लागि अभियान चलाएको थियो। सोही अन्तर्गत आज सम्म संकलित रकम नेपाली रु:- ८०,८०५ (असि हजार आठसय पाँच)  कृषि बिकास बैंक मा रहेको नेकपा एमाले को CPN UML प्राकृतिक विपत्ति राहत कोषको एकाउन्ट A / C 0210300717917010 मा पहिलो किस्ता पठाएको छ। राहत संकलन भै रहेको र अव संकलन हुने रकम पनि यथाशिघ्र पठाउने अभियानका संयोजक रन्जित आचार्य र मञ्च का अध्यक्ष गगन कार्कीले बताउनु भएको छ।

प्रवासी नेपाली मञ्च का अध्यक्ष गगन कार्किले बाढी पिडितका लागि आपतकालिन सहयोग गर्ने सवै सहयोगदाताहरुलाई तथा अभियानमा लागेका मञ्चका सदस्यहरु र वितरणमा खटिएका नेकपा एमाले सम्बद्ध जन संगठनहरु लाई धन्यबाद दिएका छन ।