काठमाडौं । महानायक राजेश हमाल राहत सामग्री लिएर तराईका बाढी र डुबान पीडितमाँझ पुगेका छन् । हमाललाई त्यहाँ देखेपछि स्थानीय दंग परेका छन् । उनबाट राहत लिनभन्दा पनि उनलाई हेर्न बालबालिकादेखि वृद्धासम्म भीड लागेको छ ।
राहत बाड्दै बाड्दै हमाल आइतबार सर्लाही जिल्ला पुगेका छन् । सर्लाहीको कौडेना र शिवनगरमामा उनले राहत वितरण गरेका छन् । बाढी, डुबान पीडितलाई राहत बाड्दा स्थानीयको घुइँचो लागेको थियो । राहत पाएका वृद्धहरुले हमाललाई आशिष दिँदै प्रशंसा गरेका थिए ।


















प्रतिक्रिया