काठमाडौं, ११ भदौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय र प्रदेश संसदको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
उपाध्यक्ष टंक ढकालको नेतृत्वको राप्रपा टोलीले आइतबार आयोग पुगी दल दर्ता गराएको को सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । टोलीमा महामन्त्री जयन्त चन्द, सहमहामन्त्री चन्द्रबहादुर गुरुङ, सांसद भाष्कर भद्रा, प्रवक्ताद्वय भुवन पाठक र सुशील श्रेष्ठ तथा नेताहरु दिलविकास राजभण्डारी, भरत पाठक र टेकराज पनेरुलगायत थिए ।
कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएर पशुपति सम्शेर राणा समूहले हालै राप्रपा (प्रजातान्त्रिक) गठन गरेको छ । आयोग र संसदबाट दलीय मान्यता पाइसकेको उक्त पार्टी पनि अगामी निर्वाचनमा भाग लिन दल दर्ता गर्ने तयारीमा छ ।











प्रतिक्रिया